अमेरिकामा भ्याक्सिन लगाउनेले ११.६५ करोडसम्म पुरस्कार पाउन सक्ने

57

२०७८ जेठ १४ गते

क्यालिफोर्निया । कोरोना संक्रमणबाट अमेरिकालाई मुक्त गर्न त्यहाँका नागरिकलाई खोप लगाउन प्रोत्साहित गर्न पुरस्कारसमेत राख्न थालिएको छ । क्यालिफोर्नियाका गभर्नर गेविन न्युसमले बिहीबार कोरोना भाइरसविरुद्धको खोप प्रवर्द्धन गर्न ११.६५ मिलियन डलरको इनाम घोषणा गरेका छन् । देशको सबैभन्दा धेरै जनसंख्या भएको राज्य अर्को महिना पूर्ण रूपमा खोल्नुअघि नै धेरैभन्दा धेरै व्यक्तिले खोप लगाउन् भनेर पुरस्कार घोषणा गरिएको हो ।

पिटिआईका अनुसार क्यालिफोर्निया राज्यमा १२ वर्षभन्दा माथिका करिब १ करोड २ लाख मानिसले अझै यो खोप नलगाएको अनुमान छ । हालसम्म त्यहाँका ३ करोड ४ लाख खोप लगाउन योग्य मानिसमध्ये ६३ प्रतिशतले मात्र खोप लगाएका छन् ।

खोपको लगाउनेलाई पुरस्कारको घोषणा गर्ने क्यालिफोर्निया पहिलो राज्य भने होइन । यद्यपि त्यहाँ पुरस्कारमा अधिकतम रकम घोषणा गरिएको छ । क्यालिफोर्निया १५  जुनदेखि पूर्ण रूपमा खोलिनेछ । यसै साता ओहायो राज्यले ‘भ्याक्स-ए-मिलियन’ प्रतियोगिताको पहिलो विजेता हुनेलाई १० लाख डलर दिने घोषणा गरेको थियो । सँगै यसलाई जित्ने पहिलो बच्चालाई कलेज छात्रवृत्ति दिइएको थियो । कोलोराडो र ओरेगनले पनि १० लाख डलरको पुरस्कार घोषणा गरेका थिए । एजेन्सी

SHARE