न्यून चापीय क्षेत्रको प्रभावका कारण आंशिक बदली

8

२०७८ जेठ १८ गते

जननी संवाददाता

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । मंगलबार प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिक बदली र देशका अन्य भू-भागमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै राति देशमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का सम्भावना छ ।

SHARE