भादा नदीमा हामफाली बग्दै गरेकी महिलाको सकुशल उद्दार

65

२०७८ असार ११ गते

जननी खबर

बर्दिया । गुलरिया नगरपालिका-८ स्थित भादा नदीमा हामफालेर बग्दै गरेकी १ महिलाको बिहीबार दिउँसो प्रहरीले सकुशल उद्दार गरेको छ ।
अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट तत्कालै खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्दार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको हो ।

उपचारपछि आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला भारत बहराइच थाना मोतीपुर ग्राम बलैगाउँ बस्ने खुल्न आएपछि भारत बहराइच थाना मोतीपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनका श्रीमानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

SHARE