कोरोनाको डेल्टा भेरिएन्ट प्रसारका डरले बेलायतका यात्रुका लागि इयूमा प्रतिबन्ध !

94

२०७८ असार १४ गते

जननी खबर

काठमाडौ । बेलायतमा तीव्र रूपमा प्रसारित कोरोनाको डेल्टा भेरिएन्ट भित्रन नदिन जर्मनी युरोपेली युनियन (इयू) देशहरूमा बेलायतका यात्रुहरूको प्रवेशमा प्रतिबन्ध लगाउने विषयमा छलफल सुरु हुँदै छ । सञ्चार माध्यमका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले युरोपेली नेताहरूलाई इयू मुलुकमा बेलायतबाट आउने यात्रीहरूलाई प्रवेश निषेध गर्न सोमबार छलफल गर्दै छन् ।

मर्केलले कोरोना विरुद्धको खोप लगाएका बेलायतका यात्रीलाई पनि इयू प्रवेशमा रोक लगाउने पक्षमा छिन् ।

रिपोर्टका अनुसार ग्रिस, स्पेन, साइप्रस, माल्टा र पोर्चुगलले भने यस विषयमा जर्मनीको विरोध गर्न सक्छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि शुक्रबार मर्केललाई भेटेर बेलायतबाट आउने यात्रुको प्रवेशमा प्रतिबन्ध लगाइएको सम्बन्धमा वार्ता गर्ने सम्भावना छ । एजेन्सी

SHARE