२०७८ असार १७ गते
जननी खबर
काठमाडौँ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हिजोआज नेपालको तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ । त्यसैले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा जारी छ । एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुँदै छ। बाँकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षा जारी छ ।
बिहीबार देशभरि सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा तथा थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।