छत्रदेव गाउँपालिकाको अनुरोध
- जन्म मृत्यु बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिन भित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔं
- विद्यालय जाने उमेर भएका बालवालिकालाई विद्यालय पठाऔं
- खानेपानीका मुहान सफा राखौं साथै सबैले पानी शुद्धीकरण गरेर मात्र पिउने बानीको विकास गरौं
- बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्षपछि मात्र गरौं र गराऔं
- आफ्नो समुदाय र विद्यालयहरुलाई बालमैत्री बनाऔं
- गाउँघरमा रहेका पुराना पोखरीहको संरक्षण गर्दै थप नयाँ पुनर्भरण पोखरीको निर्माण गरी पानीका मुहानहरुको पैबद्धन गरौं
- आफ्नो पायक पर्ने स्थानको सड्कको छेउछाँउमा घाँस तथा अन्य विरुवा रोपी हरियाली प्रबद्धन गरौं
- सड्कमा जथाभावी पानी बग्न नदिई सड्कको संरक्षण गरौं साथै मलको उचित व्यवस्थापन गरौं
- दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामै गएर प्रस्तुती गराई आमा र बच्चालाई जोखिमबाट बचाऔं
- प्राविधिक सल्लाह बमोजिम उन्नत बीउ विजनको प्रयोग गरी कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरौं
- विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गरी प्रबद्धनमा टेवा पु¥याऔं
- लेखनाथ पोखरेल तुल्सीदेवी श्रेष्ठ भेषराज पन्थ
- अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत छत्रदेव गाउँपालिकाको कार्यालय अर्घाखाँची
