हैटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न, तीन जना मारिए

151

२०७८ असार २६ गते

पोर्ट-प्रि-प्रिन्स । हैटीका राष्ट्रपति होभनेल मोसेको हत्यामा २८ जनाको संलग्न रहेको हैटी प्रहरीले बिहीबार जनाएको छ ।त्यसमा हाइटी मूलका दुई अमेरिकी र २६ कोलम्बियाका थिए । तीमध्ये तीन कोलम्बियाली संदिग्धहरूलाई पुलिसले मारिसकेको छ । हत्या बुधबार भएको थियो । हैटी प्रहरीका निर्देशक लियोन चार्ल्सले १७ अभियुक्त पक्राउ परेको बताका छन् । तीमध्ये १५ कोलम्बियाली र दुई जना हैटी-अमेरिकी छन् भने आठ आक्रमणकारीहरू अझै फरार छन् । चार्ल्सका अनुसार घटनापछि हत्यारहरू भाग्दै थिए प्रहरीले उनीलाई घेराउ गरेका थिए । त्यसबेलादेखि दुवै पक्षबाट गोली चलाइएको थियो ।

बुधबार बिहान 5 बजे हतियारधारी आक्रमणकारीहरू हैटीको राजधानी पोर्ट-प्रि-प्रिन्सको राष्ट्रपति भवनमा छिरे । उनीहरूले 53 वर्षीय राष्ट्रपति मोसे र उनकी पत्नी मार्टिना मोसेमाथि अन्धाधुन्ध गोली बर्साए । १२ वटा गोली लागेका राष्ट्रपति घटनास्थलमै मरे । उनकी श्रीमती गम्भीर घाइते भइन् । मार्टिनाको अमेरिकाको फ्लोरिडामा उपचार हुँदै छ । राष्ट्रपतिका तीन सन्तान सुरक्षित छन् ।

षड्यन्त्रकारीहरूले राष्ट्रपतिको ज्यान लिनुको कारण अझै खुलाइएको छैन । सन् 2017 मा मोस राष्ट्रपति बनेयता विरोध प्रदर्शन भइरहेका छन् । मानिसहरू उनीविरुद्ध भ्रष्टाचार को आरोपलगायत अर्थव्यवस्थाका कथित गलत नीतिहरूबाट सन्तुष्ट थिएनन् । कोलम्बियाका रक्षामन्त्री डिएगो मोलानोका अनुसार प्रारम्भिक अनुसन्धानले कोलम्बियाका संदिग्ध हत्यारा देशको सुरक्षा बलबाट अवकाश प्राप्त रहेको जनाएको छ ।

मोसेको हत्यापछि हाइटीमा अब कसले शक्ति लिन्छ भन्ने समस्या उत्पन्न भएको छ । गत हप्ता चुनिएका एरियल हेनरी नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका छैनन् । निवर्तमान प्रधानमन्त्री जोसेफ क्लाउडले प्रधानमन्त्रीको रूपमा काम गर्दै छन् । ती दुई बीचको द्वन्द्व सुरु भएको छ । कोरोनाका कारण गत महिना सर्वोच्च अदालतका प्रधानन्यायाधीकशको मृत्यु भयो । भास्करका अनुसार सन् २०१९ संसदीय चुनाव रद्द भएकाले संसद् पनि खाली नै छ ।

SHARE