आज वा भोलि सौर्य आँधी पृथ्वीमा ठोक्किएर जिपिएस एवं मोबाइल सिग्नलमा असर हुन सक्ने

7

२०७८ असार २७ गते

जननी खबर

काठमाडौँ । आजा वा भोलि सौर्य आँधीका कारण पृथ्वीका लागि धेरै महत्त्वपूर्ण हुन सक्छ । सूर्यबाट सुरु भएको आँधीबेहरी प्रतिघण्टा १.६ किमिको गतिमा पृथ्वीतर्फ आउँदै छ । आज वा भोलि यो आँधी पृथ्वीमा पुग्ने सम्भावना छ । स्पेसवेदर डट कमबाट उद्धृत रिपोर्टका अनुसार आँधी पृथ्वीमा आइपुगेपछि सुन्दर प्रकाश उत्पन्न हुनेछ । उत्तर वा दक्षिण ध्रुवमा बस्ने मानिसले रातिको समयमा यो प्रकाश देख्न सक्ने बताइएको छ । यदि यो सौर्य आँधी पृथ्वीमा आइपुगेमा जिपिएस, मोबाइल फोन र स्याटेलाइट टिभीका साथै अन्य त्यस्ता रेडियोधर्मी उपकरणहरूमा असर हुन सक्ने बताइएको छ ।

पृथ्वीको चुम्बकीय सतहले हामीलाई सूर्यबाट निस्कने विकिरणहरूबाट बचाउँछ । कुनै उच्च गतिको प्रकाश पृथ्वीमा आएमा चुम्बकीय सतहमा ठोक्किन्छ । यो सौर चुम्बकीय क्षेत्र दक्षिणमा छ भने त्यो पृथ्वीको विपरीत चुम्बकीय क्षेत्र पुग्छ । त्यस समयमा पृथ्वीको चुम्बकीय क्षेत्र प्याजको पत्रजस्तै खुल्नाले सौर्य वायुका कणहरू ध्रुवीय क्षेत्रमा पुग्छन् । त्यसैका कारण सौर्य आँधी पृथ्वीको सतहमा पुगेमा चुम्बकीय आँधीमा परिणत भई पृथ्वीको चुम्बकीय क्षेत्र तीव्र रूपमा कमजोर हुन थाल्छ । यो लगभग ६ देखि १२ घण्टासम्म अस्तित्वमा रहन्छ । केही दिनपछि चुम्बकीय क्षेत्र स्वयं यथास्थितिमा आउँछ ।

आज सबै कुरा प्रविधिमा आधारित छ । मौसम खराब हुँदा कुनै पनि प्रविधिले काम गर्न नसक्ने यथार्थ हो हामीलाई थाहा छ । सौर्य आँधीको बेला पृथ्वीको सतहमा शक्तिशाली विद्युत् प्रवाह हुन्छ । यसका कारण पटकपटक पावर ग्रिड असफल हुन्छ । केही स्थानमा सौर्य आँधीको प्रभाव तेल र ग्यास पाइपलाइनहरूमा पनि देखिएको छ । यसको प्रभावको कारण उच्च फ्रिक्वेन्सी रेडियो सञ्चारमध्ये जिपिएस आदिले पनि काम गर्न सक्दैनन् । एक पटकको सौर्य आँधी केही मिनेटदेखि केही घण्टासम्म रहन सक्छ । पृथ्वीको चुम्बकीय सतह र वातावरणमा यसको प्रभाव एक सातासम्म रहन्छ ।

सौर्य आँधी पृथ्वीको चुम्बकीय क्षेत्र वा कुनै तरंग वा बादलको चुम्बकीय क्षेत्रसँग ठोक्किएपछि उत्पन्न हुन्छ । चाखलाग्दो कुरा के छ भने ब्रह्माण्डको सुरुमा सूर्यमा आँधीबेहरी हुन्थ्यो । नयाँ प्रमाणहरूले जीवनको उत्पत्तिमा पनि सौर्य आँधीको महत्त्वपूर्ण भूमिका रहेको उजागर गरेका छन् । करिब चार अर्ब वर्षअघि हामी आज देखेको सूर्यको चमक केवल तीन चौथाइ मात्र थियो । यसको सतहमा भएको सौर्य सामग्रीको अन्तरिक्षमा भएको घर्षणले अन्तरिक्षमा विकिरण उत्पन्न गर्‍यो । यी शक्तिशाली सौर विस्फोटहरूले पृथ्वीलाई तताउन ऊर्जा दिए । नासा टोलीले गरेको अनुसन्धानका अनुसार यसबाट प्राप्त शक्तिले साधारण अणुहरूलाई जीवनका लागि आवश्यक आरएनए र डिएनए जटिल अणुहरूमा रूपान्तरण गर्‍यो । यो अध्ययन प्रतिवेदन २ मे २०१६ मा नेचर जियो साइन्समा प्रकाशित भएको थियो । एजेन्सी

SHARE