नेपालभरि मनसुन सक्रिय

20

२०७८ असार २८ गते

जननी खबर

काठमाडौँ । हिजोआज नेपालभरि मनसुन सक्रिय छ । मुलुकमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । सोमबार देशका पूर्वदेखि पश्चिमसम्म नै केही स्थानमा  मेघ गर्जन, चट्याङसहित  हल्कादेखि मध्यम  वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका १-२  स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका कारण नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न गई दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने देखिन्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

SHARE