कोरोना पुनः फैलिँदै : अमेरिकामा संक्रमण दर दोब्बर 

61

२०७८ असार ३१ गते

जननी खबर

काठमाडौँ । कोरोनाले एक पटक फेरि विश्वव्यापी रूपमा टाउको उठाउन थालेको छ । भारतमा निकै तल झरेको कोरोनाका संक्रमण पुनः दैनिक ४० हजारभन्दा माथि पुगेको छ । अर्कोतर्फ विश्वव्यापी रूपमै कोरोना संक्रमणले चिन्ताजनक अवस्था सिर्जना गरेको छ । अमेरिकामा कोरोना संक्रमितहरूको संख्या बढ्न थालेका छन् भने अस्ट्रेलियाको मेलबर्न सहरमा लकडाउनको तयारी गरिएको छ ।

जनसंख्याका आधारमा अस्ट्रेलियाको दोस्रो ठुलो सहर मेलबर्नमा शुक्रबार रातिदेखि लकडाउनको तयारी गरिएको छ । सहरमा कोरोनाको बढ्दो नयाँ संक्रमणलाई ध्यानमा राखेर लकडाउन गर्ने निर्णय लिइएको हो । त्यहाँ कति दिनका लागि लकडाउन गर्ने भनेर चर्चा सुरु भएको छ ।

न्यु साउथ वेल्स राज्यका केही संक्रमित मजदुरहरू कामका लागि भिक्टोरियामा आएका कारण संक्रमण उकालो लागेको समाचारमा जनाइएको छ । मेलबर्नमा फैलिएको कोरोनाको डेल्टा भेरिएन्ट भएको बताइएको छ । डेल्टा भेरिएन्ट भिक्टोरियाका साथै न्यु साउथ वेल्समा पनि द्रुत गतिमा फैलिँदो छ । रोयटर्स

SHARE