अर्घाखाँची पाटीकाे नेतृत्व सर्बसम्बत छान्न पहल गर्छौ : तरुण नेता खनाल 

258
२०७८ साउन ५ गते प्रकाशित
जननी संवाददाता
अर्घाखाँची- नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सदस्य पिताम्बर खनालले पाटीको आउँदो जिल्ला अधिवेशनमा सर्वसम्बत नेतृत्व छान्न तरुण दल लाग्ने बताए । उनले दरुण दल कतै गुट, उपगुटमा नलाग्ने दावी गरे । जिल्लाका छ वटै पालिकामा भेला गरी तरुण दल गठन गरेको गरेको छ । सन्धिखर्कमा सोमबार पत्रकार सम्मेलन गर्दै खनालले छ वटै पालिकाका वडातहसम्म तरुण दललाई संगठित गरी युवालाई उद्यममा जोड्न दीर्घकालिन योजना बनाउन लागेको बताए ।
युवालाई गाउँमै कृषि उद्यम, विभिन्न पेशा व्यावसायमा आवद्ध बनाएर स्वरोजगार बनाउन दरुण दलले योजना बनाउने खनालले बताए । तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काले अधिवेशनमा जिल्ला पाटी नेतृत्व निर्विरोध छान्न कसरत गरिरहेको बताए । उनले तरुण युवालाई पाटीको गुटउपगुटमा नलाग्न आग्रह गरे । पाटीको वडा देखि जिल्ला नेतृत्वसम्म तरुण युवादलाई ल्याउन आफु लागि परेको उनले बताए । पत्रकार सम्मेलन तरुण दलका जिल्ला सचिव अर्जुन पोखरेलको सञ्चालन र जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।
तरुण दलले केही युवालाई जिम्मेवारी दिएको छ । द्धितीय उपाध्यक्षमा हालका जिल्ला सदस्य ठाकुर पन्थीलाई जिम्मेवारी दिएको छ । त्यस्तै जिल्ला सदस्यामा गणेश भुसाल, राजु आचार्य, सुवास पाण्डे, मोहन टण्डन, खगेश्वर पौडेल, नेत्र पाण्डे, गोविन्द भुसाल र चिन्तामणि खनाललाई जिम्मेवारी दिइएको जिल्ला सचिव अजुर्न पोखरेलले बताए ।
Seen by Birendra at 07:13
 
SHARE