नगर प्रमुख भुसालद्धारा अस्पताल अनुगमन

92
अर्घाखाँची अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल ।

२०७८ साउन २१ ग्ते प्रकाशित
जननी संवाददाता
अर्घाखाँची- सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले अर्घाखाँची अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको स्वास्थ्य अवस्था बुझन बिहीवार अस्पताल गएका छन् ।      अस्पतालको आइसोलेसनमा पुगेर भुसालले विरामीको स्वास्थ्य अवस्था, औषधि उपचारको बारेमा विरामीलाई वेडमै पुगेर सोधपुछ गरे । विरामीलाई उपचारको लागि कुनै कमी हुन नदिने आश्वासन दिए । उनले कोरोना संक्रमित विरामीको स्वास्थ्यलाभको कामना समेत गरे ।                                      
उपचाररत अन्य रोगका विरामीलाई समेत सोधपुछ गरी स्वास्थ्यलाभको कामना गरे । उनले उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशेष धन्यावाद दिदै नगरपालिकाबाट हुने सबै सहयोग गर्न तयार गरेको प्रतिबद्धता जनाए ।

SHARE