२०७८ साउन २७ गते प्रकाशित
रमेश विश्वकर्मा
अर्घाखाँची- बाउ बाजेका पालामा कोलमा तोरी पेलेर तेल निकालेर खान्थे ।
ढिकीमा धान कुटेर चामल खान्थे भन्दा अहिलेका पुस्ताले अचम्म मात्र मान्दैनन् बाउबाजेले प्रयोग गर्ने सामान कस्ता हुन्थे होला भनेर जिज्ञासा समेत राख्छन् ।
बढ्दै गएको आधुनिकीकरणका कारण लोप हुँदै गएका पुरना सामान अचेल देख्नै पाइदैन तर, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. ४ वाङ्गलामा अहिलेका नयाँ पुस्ताले देख्नै नपाएका परापुर्व कालका भाँडा कुडाले एउटा पुरानो घर भरि भराउ छ । अहिलेका पुुस्ताले पुराना प्रविधि देख्न र पुर्खाहरुकको सम्झना गरिरहन भनेर २०७० सालमा बैकुण्ठपुरी संग्राहलय स्थापना गरिएको हो।
- संग्राहलयमा लोप हुँदै गएका मुखले बजाउने मचुङ्गा तेल राख्न चौठी काठको मदुश, घ्यू राख्ने हर्पे दही जमाउने आरी काठका चप्पल जस्ता २ सय बढी पुरना भाँडाकुँडा रहेको बैकुण्ठपुरी संग्राहलयका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष समेत रहेका निम बहादुर रिजाल बताउँछन्।
पुर्खाले आफुलाइ आवश्यक पर्ने समान आफैले निर्माण गरि प्रयोग गर्थे अहिलेका पुस्ताले पुराना आविस्कार देखुन् र पहिलाको पुस्ताबाट केही सिकुन् भनेर संग्रह गरि राखिएको रिजाल बताउँछन् । अर्घाखाँची जिल्लामा जातीय रुपमा सञ्चालन गरिएका संग्राहलय भए पनि बैकुण्ठपुरी संग्राहलय सबै जात जाति सबै धर्म अटाउने किसिमले निर्माण गरिएको छ ।
संग्राहलयमा रुख माथिको घर सुइमीङ्ग पुल सिबजिको मुक्ती पर्यटक लोभ्याउने दृश्यले सजाइएको छ तर, जिल्लाको कुनै निकायबाट आज सम्म सहययोग नभएको रिजालकोे गुनासो छ ।