सितगंगामा कांग्रेसलाई शक्तिशाली पाटी बनाउँछु : बेल्वासे

1092

२०७८ भदौ १२ गते प्रकाशित

जननी संवाददाता

अर्घाखाँची- नेपाली कांग्रेस नेता नारायणसिंह बेल्वासेले आउदो १४ औ महाधिवेशनमा अर्घाखाँची  सितगंगा नगरपालिकाको सभापति पदमा उम्मेदवारी दिने भएका छन् । लामो समय जिल्लाको राजनीतिमा सक्रिय बेल्वासेले सितगंगाका नेता तथा कार्यकर्ताको सल्लाह अनुसार नगर सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

नारायण बेल्वासे

जिल्लाको दक्षिण क्षेत्र सिंतगगामा कांग्रेसको संगठनमा कठिबद्ध बेल्वासे, पाटी संगठन निर्माणमा, यस क्षेत्रको विकासमा अहोरात्र खटिने नारायणसिंह सितगंगामा लोकप्रिय नेताको रुपमा स्थापित उनी कांग्रेसजनको मन मनमा छन् । ठाडामा जन्मिएका  बेल्वासेको उम्मेदवारीले सितगंगा बहुसंख्यक कांग्रेसजन खुसी भएका छन् ।

लामो समय कांग्रेसको संगठन निर्माणमा लागेका उनी नगर सभापति भएर सितगंगामा कांग्रेसको संगठनलाई बलियो, शक्तिशाली र पहिलो पाटी बनाउने उनको लक्ष्य रहेको छ । ‘म नगरसभापति भएर आउदो स्थानीय र संसदीय निर्वाचनमा सितगंगामा कांग्रेसलाई बहुमत पहिलो पाटी बनाउँछु,’ बेल्वासेले भने, ‘कांग्रेसलाई चलायमान पाटी बनाउछु । तरुण युवा वर्ग सहित सिंगो सितगंगा नगरवासीको भावना अनुसार कांग्रेस पाटीलाई शसक्त अगाडी बढाउँछु ।’ सबै कांग्रेस नेता तथा कार्यकर्तालाई विकासमा सक्रिय बनाउने उनले बताए ।

कांग्रेसका तरुण युवालाई कृषि उद्यम सहित विभिन्न उद्यमशीलतामा जोडेर गाउँमै स्वरोजगार उन्मुख बनाउन आफु लागि पर्ने बताए । अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन गर्दै कांग्रेसको नीति, विचार र सिद्धान्त अनुसार काम गर्ने उनको भनाई छ ।

कांग्रेसका १४ औं महाधिवेशन भदौं १८ गते वडा अधिवेशन, २७ गते गाउँ र नगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक ९ देखि १२ प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

SHARE