यादवप्रसाद घिमिरेको संघर्षशील जीवन

413
यादवप्रसाद घिमिरे

२०७८ भदौं १४ गते प्रकाशित
जननी संवाददाता

अर्घाखाँची-  नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष एवं नेपाली कांग्रेस महासमिति सदस्य यादवप्रसाद घिमिरेको जीवन संघर्षमय नै बनेको छ । शिक्षकबाट राजीनामा दिएपछि आफ्नो भोगाइको बारेमा घिमिरे यस्तो लेख्छन् ।

जीवन शास्वत सत्य छ । हामी मरणशील प्राणी हौ । हरेक मानिस आफु र आफ्ना प्रयत्नहरु देश समाज र राष्ट्रका लागि क्षमता र औकातका बलमा गर्दै जान्छ । हामी सामाजिक प्राणी हौ हाम्रा सबै कोशिस समाज कै लागि हुनुपर्छ ।त्यसैले कोहि कसै प्रति दुरभाव नगरौ, असहिष्णु नबनौ, मित्रवत व्यवहार गरौ । सबै आन्दोलन र अभियान हाम्रा हुन ।

म पाणिनि गाउँपालिका -५ मैदानमा जन्मे हु्र्के र सबै कामकाज यहाँ र यसै जिल्लामा गरे । म कक्षा १-१० सम्म श्री कृष्ण मा वि मैदानमा अध्ययन गरे । त्यसपछि एस एल सी परीक्षा को नतिजा पूर्व अध्यापन कार्य शुरु गरे । प्रा वि र माध्यमिक शिक्षकको रुपमा लामो समय अध्यापन गरे । उच्च मावि संचालनको क्रममा शिक्षक अभाव र विधालय संचालन अत्यावश्यक भई सके पछि शिक्षक अभावलाई व्यवस्थापन गर्न स्रोतव्यक्ती पदमा जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा तत्कालिन अवस्थामा माग भई आएको ठाउँमा नियुक्त भई लामाे समय काम गरे । यो सबै अवसर प्रदान गर्ने विधालय व्यवस्थापन समिती बिधालय प्रधानाध्यापक तत्कालीन हरिप्रसाद पौडेल सहीत संपूर्ण र मैदानबासी सबैजनहरूलाई कृतज्ञता प्रकट गर्दछु ।

अध्ययनमा अब्बल नै थिए शिक्षण र समाज सेवा रोजाई बन्यो । त्यसैले अन्य पेशामा जान मन लागेन दुवै काम समय व्यवस्थापन गरी गर्न सकौ भन्ने मनासयका साथ काम गरें । यस समयावधि भित्र नेपाल प्राथमिक शिक्षक संघ जिल्ला कार्य समिति सदस्य, नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला कार्य समिति सदस्य सचिव अध्यक्ष र नेपाल शिक्षक युनियन अर्घाखाँचीको अध्यक्ष भई शिक्षा विकास र अन्य काममा सहभागी बन्ने मौक़ा पाएँ ।

शिक्षा क्षेत्रका काममा सहयोग गर्न अबसर प्राप्त भयो नेपाली कांग्रेस प्रती बुबा र परिबारको उच्च लगाव र मेरो रुचीका कारण २०३६/०३७ सालको जनमत संग्रहताक विधालयमा सानै कक्षामा पढ्दा बहुदलीय व्यवस्थाको पक्षमा आयोजित कार्यक्रममा सहभागी हुने हेर्ने सहयोग गर्ने नेपाल विधार्थी संघ र नेपाली कांग्रेसका सबै गतिविधिमा लाग्ने सहयोग गर्ने सामाजिक कामकाज गर्न सके । २०४२ सालको सत्याग्रह २०४६ सालको पंचायत विरोधी आन्दोलन २०६२/६३ को आन्दोलन र सबै निर्वाचनमा कृयाशिल रहे ।

नेपाल विधार्थी संघको जिल्ला अधिवेसन प्रतिनिधी ,नेपाली कांग्रेसको तर्फबाट क्षेत्रीय प्रतिनिधि, गाउँ कार्य समिति सचिव, गाउँकार्य समिति सभापति, महाधिवेशन प्रतिनिधी ,महासमिति सदस्य सहित विभिन्न तह र पदमा रही काम गर्ने मौक़ा पाएँ ।

यो अवसर प्रदान गर्नु हुने समस्त विधालय कर्मचारी शिक्षक मित्रहरु, सबै क्षेत्रका सम्पूर्ण महानुभावहरु समस्त कांग्रेसजनहरू ,शुभेच्छुक महानुभावहरु, सेवा निवृत जीवन र राजनीतिक जीवनको सफलताको शुभकामना प्रदान गर्ने सबैजनहरु नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती गाउँपालिका, नगरपालिका समिति वडा समिति नेपाली कांग्रेस र सम्बद्ध सबै प्रति यहा सम्म आउन मदत गर्ने मेराे परिवारजन बुबाआमा भाईबहिनी सहित सबै प्रति उच्च सम्मान सहित हार्दिक अभिनन्दन गर्दछु, आभार व्यक्त गर्दछु स्मरण गर्दछु । सधै झै आगामी दिनमा सहयोग सदभाव र विश्वासको अपेक्षा गर्दछु ।

SHARE