२०७८ भदौं २० गते प्रकाशित
जननी संवाददाता
अर्घाखाँची कांग्रेसको ६१ वडामा अधिवशेन सम्पन्न गर्दागर्दैको समयमा एक युवा सामाजिक सञ्जालमा आइरल भएका छन् । ५५ वर्षीय पाका उमेरका नेतालाई पछि पार्दै २६ वर्षीय शोभित शाही सन्धिखर्क नगरपालिका वडा नम्बर ३ को सभापतिमा निर्वाचित भए ।
पाका उमेरका पूर्वसभापति ५५ वर्ष उमेरका गफर मिया र युवा सुर्यप्रसाद भुसाल (सुन्दर) उनका प्रतिष्प्रधी थिए । कुल खसेको १ सय ४५ मत मध्ये शोभित शाहीले ६५ मत प्राप्त गरी वडा सभापतिमा विजयी भए । उनका प्रतिष्प्रधी भुसालले ५७ र मियाले १९ मत प्राप्त गरे । १ सय ७६ क्रियाशिल सदस्य छन् । खसेको १ सय ४९ मत मध्ये ८ मत बदर भएको थियो । नेपाल तरुण दलबाट राजनीतिमा प्रवेश गरेका शाही निवर्तमान तरुण दलका वडा अध्यक्ष हुन । सामाजिक सञ्जालमा भाइरल बनेका शाहीसग जननी खबरले गरेको संक्षिप्त कुराकानी ः
२६ वर्षको उमरमै कांग्रेसको वडा सभापति कसरी बन्नुभयो ?
म नेपाली कांग्रेसलाई असाध्यै माया गर्छु । तरुण दलको वडा अध्यक्ष भएर काम गरें । गाउँको विकास निर्माणका योजनामा चासो दिएर काम गरें । पाटीका नेता तथा तरुण साथीहरुसँग निरन्तर सहकार्य गरेर सन्धिखर्क नगरपालिका वडा ३ मा कांग्रेसलाई बलिया पाटी बनाउन निरन्तर लागे । स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवार लिला गौतमलाई जिताउने काममा खटिए । पाटीमा काम गरेकै आधार र मलाई विस्वास गरेर कांग्रेसका अग्रज नेता र क्रियाशिल सदस्यले निर्वाचित गराउनु भयो ।
तपाइको यात्रा राजनीतिमा कसरी मोडियो ?
राजनीति निस्वार्थ समाजसेवा हो । कांग्रेस पाटीको नेतृत्वमा बसेर समाजसेवा, गाउँको विकास गर्ने मेरो चाहना हो । युवाले नै नेतृत्व लिएर गाउँलाई समृद्ध पार्नुपर्छ । त्यसैले पाटी नेतृत्वमा पुगेर गाउँलाई राजनीति, आर्थिक र समाजिक रुपमा परिवर्तन गर्ने सोचले मैले राजनीति यात्रा शुरु गरें ।
अब कसरी काम गर्नुहुन्छ ?
मैले मतको कदर गर्दै अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्ने मेरो योजना छ । यो ३ नम्बर वडामा अहिले ८० प्रतिशत कांग्रेसको जनाधार छ । अब काम गरेरै सबैलाई कांग्रेसमा आवद्ध गर्छु र ९५ प्रतिशत जनाधार बनाउँछु । यो वडालाई कांग्रेसको किल्ला बनाउँछु । विकास गर्न वडाध्यक्ष लिला गौतमसँग, नगरपालिका, जिल्ला पाटी नेतृत्वसँग पहल गर्छु । प्रतिपक्षसँग सहकार्य गरेर यहाको समस्या समाधानका लागि आवश्यक पहल गर्छु । यहाँका कांग्रेस र सबै वडावासीलाई विकासमा निराश पार्दैन । समृद्ध वडा बनाउन युवाको खाँचो छ, सबैलाई समेट्छु ।
आगामी वर्ष स्थानीय तहको चुनावमा तपाई वडाअध्यक्षको उम्मेदवार हो ? भर्खर वडा सभापति भएको छु । म वडाध्यक्षको उम्मेद्धवार स्वभाविक हो । पाटी भित्र आन्तरिक छलफल गरेर, सबैसित मिलेरै अगाडी बढ्छु । म राजनीति गरेरै अगाडी बढ्ने अठोटका साथ होमिएकाले पाटीले पत्याएमा माथिल्लो तहसम्म पाटी र जनप्रतिनिधिको नेतृत्व गर्न तयार छु ।
वडाअध्यक्ष भएपछि के गर्नुहुन्छ ?
म वडाअध्यक्ष भएपछि यो वडा बत्ती मुनिको अध्यारो छ । विकासमा दत्तचित्त भएर लाग्छु । सरला मार्ग सड्कलाई पीच गर्ने र शाखा बाटोहरुलाई ग्राभेल गर्ने, प्रभावकारी नभएको स्वास्थ्य सेवालाई उचित व्यवस्थापन गर्ने, बराहनेटा आधारभूत विद्यालयलाई मावि बनाउने, युवालाई कृषि सहित उद्यमशीलतामा जोडेर स्वरोजगार उन्मुख बनाउन प्रयास गर्छु । खानेपानीमा सहज बनाउँछु ।
युवा उमेरमै राजनीतिमा किन ?
यदी असल मान्छे राजनीतिमा आएन भने गलत राजनीति गर्ने मान्छेको दास बन्नुपर्छ । हामीले जहिले त्यसको विरोध गर्छौ । पाटी भित्र र बाहिर हरेक चुनौती सामाना गर्दै संर्घष गरेर युवा अघि सर्नुपर्छ । गाउँ र देशलाई समृद्ध बनाउन युवा नेतृत्वमा आउनुपर्छ ।