विश्व प्राथमिक उपचार दिवसमा एम्बुलेन्स चालक सम्मानित 

54

२०७८ भदौ २६ गते प्रकाशित

राधा नेपाली                                                      अर्घाखाँची – नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले कोभिडको समयमा अब्बल भुमिका निर्बाह गर्ने एम्बुलेन्स  चालकलाई सम्मान गरि विश्व प्राथमिक उपचार दिवस मनाएको छ ।                          कोभिडको समयम जोखिमसँग जुध्दै समाज सेवामा अब्बल भुमिका खेल्ने एम्बुलेन्स चालकलाई प्राथमिक सुरक्षाका सामाग्री ,सर्जिकल मास्क र पिपिइ सेटका साथ सम्मान गरियको छ । अग्रस्थानमा रहेर  काम गरिरहेका सुरक्षाकर्मी मध्ये जिल्ला ट्राफिक कार्यालयलाई सर्जिकल मास्क , प्राथमिक उपचारका सामाग्री र कन्ट्याकलेस हेण्ड वासिङ्ग सेट हस्तान्तरण गरेको छ ।
“ सुरक्षा सावधानी अपनाइ विद्यालय तथा समुदायमा प्राथमिक उपचारको नायक बन्नुहोस्” Be a first aid hero at school and in your community भन्ने मुल नाराका साथ आज विश्वभरी दिवस मनाइएको छ । हरेक वर्ष सेप्टम्बरको दोश्रो शनिवारका दिन यो दिवस मनाउने गरिएको छ ।
स्थापना देखि नै प्राथमिक उपचार सेवा तथा गतिविधिहरु संचालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाद्वारा आज नेपाल भरी रहेका प्राथमिक उपचार प्रशिक्षकहरुलाई अनलाइन मार्फत अद्यावधिक पाठ्यक्रमको बारेमा जानकारी दिएको छ । सोही क्रममा नेरेसो अर्घाखाँची शाखाले अभिमुखिकरण तथा प्राथमिक उपचार कीट बितरण र सम्मान कार्यक्रम गरि दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अथिती नेरेसो प्रदेश प्रमुख तथा केन्द्रिय सदस्य सम्भु प्रसाद पोख्रेलले प्राथमिक उपचार स्वयंसेवकहरुले पुर्याउनु भएको प्राथमिक उपचार सेवा कार्यको योगदान अत्यन्तै प्रसम्सनीय भन्दै एम्बुलेन्स चालकले विषम परिस्थितिमा खेलेको भुमिकाको खुलेर प्रसम्सा गरे । रेडक्रस ,जस्तो सुकै बिपदमा पनि साथी रहेको दाबी गर्दै उनले रेडक्रसले गर्दै आएका गतिबिधी र सिद्धान्त बारे समेत प्रस्ट पारे।                        कार्यक्रममा शसस्त्र प्रहरी बल २४ का गुल्मपती रामकृष्ण महर्जनले रेड्क्रस मानवीय विपत्ति  रोक्न वा कम गर्न कार्य गर्ने उच्च छवि भएको सस्थाको रुपमा परिचित रहेको बताए । कार्यक्रमका अध्यक्ष तथा नेरेसो जिल्ला शाखाका सभापति कुशल भुसालले मन्तव्य राख्दै प्राथमिक उपचार यस्तो सीप हो जुन समयमा पायो भने मानिसको जीवन बच्न सक्दछ भन्दै हरेक समुदाय, शैक्षिक संस्था र व्यक्तिहरुले आ आफ्नो घरमा अनिवार्य रुपमा प्राथमिक उपचारका किट बाकस राख्नु पर्ने कुरामा जोड दिए । उनले संकटको समयमा रेडक्रसले गरेका कार्य बारे बताउँदै कोभिड खोप सर्बसुलभ बनाउनु पर्ने , बालबालिकाको स्वास्थ्य प्रती राज्य गम्भीर बन्नु पर्ने बताउदै खोप सर्बसुलभ नहुदा रेडक्रसकर्मिका परिवारहरु नै असुरक्षित रहेको समेत दाबी गरे । उनले बिद्यालयहरु संचालन गर्ने तयारि भैरहेको अबस्थामा विद्यार्थीहरुलाइ सुरक्षित हात धुने ब्यबस्था, सुरक्षित बस्ने ठाउँ जस्ता बिबिध विषयको अत्यन्तै ख्याल गर्नुपर्ने बताउदै बिद्यालय र समुदायको प्राथमिक उपचारको नायक बन्न सबैलाइ सुभकामना समेत प्रदान गरे ।कार्यक्रम नेरेसो जिल्ला उपसभापति राधा नेपालीको स्वागत मन्तब्य र अर्का उपसभापति कैलास श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।। कार्यक्रममा रेड्क्रस कर्मीहरु , स्वयंसेवकहरु तथा ट्राफिक प्रहरी कार्यलयका हवल्दार नारायण पराजुली ,एम्बुलेन्स चालकको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।

SHARE