म उपसभापति भएपछि कांग्रेसलाई वैचारिक र सैद्धान्तिक रुपमा अब्बल बनाउँछु : पौडेल

219

२०७८ असोज ४ गते प्रकाशित
जननी संवाददाता

अर्घाखाँची – कांग्रेस पूर्वजिल्ला सहसचिव बाबुराम पौडेलले १४ औं महाधिवेशनमा कांग्रेस जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । बल्कोटमा जन्मिएका पौडेल प्रभावशाली युवा नेता हुन ।

‘कांग्रेसलाई वैचारिक र सैद्धान्तिक रुपमा गतिशिल बनाउन म उपसभापति पदमा उम्मेदवार हुँ’, पौडेलले भने, ‘कांग्रेसलाई ६१ वटै वडातहसम्म पुगेर सबै युवालाई प्रशिक्षित गर्नेछु । सबै नेता कार्यकर्ताको आन्तरिक मुल्यांकन गरी फाइल रेकर्ड राखिनेछ ।’

कांग्रेसलाई दोस्रो पदमा बसेर हाँक्न आफु सक्षम भएको उनको दावी छ । कांग्रेसलाई अर्घाखाँचीमा सांगठानिक रुपमा अब्बल बनाई लालकिल्लाको रुपमा विकास गर्न आफु नेतृत्वमा आउन चाहेको उनले बताए ।

बहुसंख्यक क्षेत्रीय प्रतिनिधि र टीमको सल्लाहमा उपसभापति पदमा उम्मेदवारी दिएको र जिम्मेवारीमा पुगेपछि सबैलाई मिलाएर लैजाने उनले बताए । ‘कांग्रेसलाई संगठित गरी अब वैचारिक रुपमा स्थापित गर्नुपर्नेछ,’ पौडेलले भने ।

गैरसरकारी संस्था मार्फत तीन दर्शन भन्दा बढी खानेपानीका योजना सहित आजआर्जन, कृषि उद्यम लगायतका थुप्रै योजना भित्राएर  विभिन्न कार्यक्रम सञ्चालन गरी विकास निर्माणमा योगदान गरेका छन् । सरकारी निकायबाट बजेट पारी गाउँकाे विकास गर्न उनी सक्रिय छन् ।

नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै कांग्रेस पाटीमा सक्रिय पौडेल २०६२/०६३ मा सन्धिखर्क नगरविकास समितिका अध्यक्ष समेत भए । नगर सहित जिल्लाको विकासका योजनाकारका रुपमा रहेका पौडेल विकासप्रेमी नेताको रुपमा परिचित छन् ।

SHARE