मालारानीमा एमालेबाट निर्वाचित वडा सदस्य कुँवर सहित ५० जना कांग्रेसमा प्रवेश

380

२०७८ असोज ५ गते प्रकाशित

लिलामणि पाेखरेल

खनदह (अर्घाखाँची)- मालारानी गाउँपालिका वडा नम्बर २ मा एमालेबाट निर्वाचित वडा सदस्य लोकबहादुर कुँवर सहित  एमाले र माओवादी केन्द्रका ५० जना स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका संगठित सदस्य र माओवादी कार्यकर्ता कांग्रेसमा तथा एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान) र कांग्रेस मालारानी गाउँपालिका संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष शोभाखर खनालले पाटीमा भित्राए ।
पाटी प्रवेश कार्यक्रम कांग्रेस वडा १ का सभापति भरत थापा लगायत कांग्रेस नेता सहभागी थिए । कार्यक्रम वडा २ का सभापति प्रभाव कुवरको अध्यक्षता र प्रदीप गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।   

SHARE