युवा र बौद्धिक प्रतिनिधिले कांग्रेसलाई नयाँ रुप देलान् ?

157

२२०६७ असोज १३ गते प्रकाशित
भेषराज पोखरेल

अहिले कांग्रेसको चौधौं महाधिवेशनको क्रम चलिरहेको छ । गाउँ तथा नगरबाट युवा प्रतिनिधिको बाहुल्यता देखिएको छ । क्रियाशील सदस्य, स्थानीय तहका वार्ड प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, पालिका सभापतिको निर्वाचनलाई हेर्दा युवाहरु कांग्रेसको राजनीतिमा अगाडि आउने देखिएको छ । यति मात्रै होइन अहिले केही बौद्धिक जगतको पनि उपस्तिति बढ्न जाने तल्लो तहका निर्वाचनले देखाएका छन् । यो अवस्थाले अवस्य पनि लामो र गौरवपूर्ण इतिहास भएको पार्टीलाई अटुट रुपमा अघि बढ्न बाटो प्रशस्त गर्ला ।

यही निर्वाचनको परिणामभित्र केही नकारात्मक पक्षहरु प्नि सँगै आउने सम्भावना देखिएका छन् । यसलाई लिएर कांग्रेसमा लामो समय निष्ठाको राजनीति गर्दै आएका नेता, कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । त्यतातिर ख्याल गरिँदै छ कि छैन ? ती नकारात्मक पक्षलाई बेवास्ता गरेर बसियो भने लामो इतिहास बोकेको पार्टी अप्ठ्यारोे अवस्थामा पनि जान सक्छ ।

गणेशमान सिंह पुत्र तथा कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व उही पुराना नेताको हातमा जाने हो भने कांग्रेस निकट भविष्यमै प्रजापरिषद्को हालतमा पुग्ने बताएका छन् । हुन त उनले आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् र आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न त्यसो भनेको हुन सक्छ । त्यही भनिएला । जे जस्तो अवस्था र उद्देश्यले यो कुरा भनिए पनि यो भनाइ यथार्थमा आधारित भने छ ।

कांग्रेस सभापति फेरि अर्को कार्यकालका लागि दोहोरिने तयारीमा छन् । उनको सबै शक्ति त्यसैमा लगाउँदै छन् । उनको उम्मेदवारी केका लागि त ? पार्टीलाई सशक्त बनाउन ? पार्टीलाई नयाँ गति दिन ? आफ्नो कार्यकालमा सुरु गरिएका विशेष कामलाई पूर्णता दिन ? यी कुनै पनि कुराका लागि उनी पुनः सभापतिमा दोहोरिन लागेको नभई सधै शक्तिमा रहिरहने र सधै सर्वेसर्वा भइरहने मनसाय देखिन्छ ।

शेरबहादुर तेह्रौं महाधिवेशनबाट सभापति भएयता कांग्रेसलाई सशक्त बनाउन गर्नुपर्ने अति जरुरी काम पनि गर्न सकेनन् । पार्टीलाई सशक्त बनाएर लैजान पार्टी कमिटीलाई पूर्णता दिन सकेनन् । सभापतिले पार्टीका पदाधिकारी पनि समयमै मनोनयन गर्न नसकेर अन्तिम समयमा आएर मात्रै मनोनीत गरे । त्यही पनि सबैलाई समेटेर होइन । अर्को, उनले पार्टीका भ्रातृ संगठन तथा सहयोगी संगठनको निर्वाचन गराएर सशक्त तथा जीवन्त रुपमा अघाडि बढाउन सकेनन् । उनको नेतृत्वमा पार्टीले जनमत बढाउन सकेन बरु भइरहेको जनमत गुमाउन पनि उनको व्यवहार कारक बन्न पुग्यो ।

संसदमा प्रमुख प्रतिपक्षमा त पुग्यो तर भूमिका सशक्त ऐतिहासिक पार्टीको जस्तो भएन । बरु नियुसक्तमा भागबण्डामा लागेको सबैतिरबाट आरोप लाग्यो । उनै देउवा सभापतिमा दोहोरिँदा देश राजनीतिमा आउने थप चुनौतीको सामना गर्न कांग्रेसले सक्ला त ? प्रश्न उठ्ने नै भयो । ऐले सरकारको अवस्थाले पनि कांग्रेसलाई ठूलै घाटा पर्ने निश्चित छ ।

यी सबै अवस्थालाई हेर्दा र कांग्रेसको तल्लो तहदेखिको निर्वाचनलाई हेर्दा के शेरबहादुर देउवा विस्थापित होलान् त ? नयाँ युवाहरुले तलैदेखि नेतृत्व लिने र बौद्धिक व्यक्तित्वको आकर्षणले पुरानो नेतृत्व अर्थात् देउवा नेतृत्व विस्थापित होला कि भन्न त सकिएला तर देशभरका स्थानीय तहमा क्रियाशील सदस्यता विवाद भएकाले नेतृत्वले नै पुराना तथा निष्ठावान् नेता, कार्यकर्तालाई विस्थापन गरेर शक्ति एकोहोर्याउन खोजेको आरोप लागेको छ ।

यही अवस्था हो भने त कांग्रेस नयाँ रुपमा अघि बढ्ने भयो भन्नु भन्दा अझ नराम्रो बाटोमा अग्रसर त हुने होइन भन्ने डर त अझ बढ्ने भयो । यस्तो भयो भने त चरम स्वार्थवादी समूहको हालिमुहाली हुने भयो होइन र
?

 

SHARE