सरकारको गैर संवैधानिक कदम : कांग्रेस नेता मुस्कान

127

जननी संवाददाता

सन्धिखर्क– नेपाली कांग्रेस अर्घाखाचीका सभापति विष्णुप्रसाद खनाल (मुस्कान) ले सरकारले गैर संवैधानिक कदम चालेकाले लोकतन्त्रको पक्षमा फेरी आन्दोलन गर्नुपर्ने बताए । उनले सरकार गलत क्रियाकलापको विरुद्धमा कांग्रेस शसक्त रुपमा अघि बढने बताए ।
कांग्रेसले केन्द्रीय सुर्कलर अनुसार अर्घाखाचीमा पनि विरोधका कार्यक्रम गर्ने भएको छ । सरकारले गरेको गैर संवैधानिक कार्य, आकासिएको मुल्यवृद्धि एवं डा. गोविन्द केसी प्रकरण र विगत सरकारले गरेका निर्णयको खारेजीको विरुद्धमा जिल्ला सदरमुकामा विरोध सभा गर्ने उनले बताए ।
साउन १५ गते सन्धिखर्कमा विहान ११ बजे पाटी कार्यालयबाट गरिने विरोध सभामा सहभागी हुन जिल्ला र गाउका नेता, कार्यकर्ता र सर्वसाधारणलाई सहभागी हुने अनुरोध गरेको छ । साउन ६ गते ३६ औं वि.पी. स्मृती दिवस वृक्षरोपण, विरामीलाई फलफुल वितरण र प्रवचन कार्यक्रम गरिने सभापति मुस्कानले बताए ।

SHARE