माली गाईको म्यूजिक भिडियो सार्वजनिक

98

बुटवल-सञ्चारकर्मी वीरेन्द्र कुँवर र कुलेन्द्र विश्वकर्माको तीज गीत ‘माली गाई’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एंव प्रदेश नम्बर ५ अध्यक्ष लक्ष्मण खड्काले बुधबार एक समारोहका बीच भिडियोको सार्वजनिक गरेका हुन ।
रिर्पोटस क्लब नेपाल प्रदेश ५ वुटवलमा गरिएको सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तीज गितमा केहि विकृतिहरु देखिएकाले त्यसलाई सुधार गर्दै मौलिक परम्परा बोकेका गीतलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताए । उनले सञ्चारकर्मी वीरेन्द्र कुँवर सहितका साथीहरुले माली गाई तिज गीत बजारमा ल्याएकोमा बधाई दिदै गीतको सफलतको शूभकामना दिए । ‘मौलिक पहिरन र नेपालीपन बोकेका गीतलाई सञ्चारमाध्यमले पनि प्राथमिकता दिनुपर्छ’ उनले भने ‘पश्चिमा सस्कृति बोकेका, छोटा लुगा लगाएका भिडियोलाई प्रशारण नगरौं ।’ उनले लोक क्षेत्रमा देखिएका विकृति अन्त्य गर्नका लागि सबैको प्रयास आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले परम्परागत गीत संगितलाई सर्जकहरुले वाहिर ल्याउनुपर्ने बताए । उनले माली गाई तीज गीतको सफलताको शूभकामना दिए । नेपाल प्रेस यूनियन रुपन्देहीका सभापति विक्रम खड्काले तीजका नाममा विकृति मौलाउँदै गएकाले त्यसको अन्त्य गर्न लोक कलाकारहरु नै लाग्नुपर्ने बताए । एभिन्यूज टेलिभिजनका व्यूरो प्रमुख दामोदर खनालले तीजका नाममा पार्टी प्यालेसहरुमा हुने खर्च तथा गित संगितमा देखिएको छाडापन रोक्न तर्फ लाग्नुपर्ने बताए ।
प्रेस सेन्टर प्रदेश ५ उपाध्यक्ष रुद्रहरि कुँवरले माली गाई मौलीक तीज गीत भएको भन्दै सफलताको शूभकामना दिए । कार्यक्रममा शब्द रचनाकार वीरेन्द्र कुँवरले आफुले एक दशकदेखि पुस्तकका रुपमा तीजका गीत प्रकाशन गर्दै आएकोमा यो पटक भने म्यूजिक भिडयो नै निर्माण गरेको बताए । उनले तीज गीत अहिले बजारमा चलेको जस्तो उताउलो नभएको भन्दै यसले गाउँको कथालाई समेटेको बताए । ‘एउटा प्रेमी र प्रेमीका कथामा तीजको महत्वलाई दर्शाइएको छ’ उनले भने । उनले माली गाई एउटा मौलीक गीत भएकाले यसलाई माया गरिदिन समेत आग्रह गरे । म्यूजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका हुन ।
वीरेन्द्र कुँवरको शब्द, कुलेन्द्र विश्वकर्मा र पार्वता पाण्डेको स्वर गीतमा छ । गीतको लय गायक वसन्त लम्साल र संगित विश्वास नेपालले गरेका हुन । म्यूजिक भिडियोमा कुसुम थापा मगर, तिलक नेपाली, रोश्नी खड्का, जीवन थापा, ज्योती गिरीले अभिनय गरेका छन । भिडियोको कोरियो ग्राफर बुटवलका किशोर थापाले गरेका हुन । यसअघि कुँवरले मालारानी हाम्रो बोलको गित बजारमा ल्याएका थिए । कार्यक्रम रिर्पोटस क्लब प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा सञ्चारकर्मी सपन कुमार एन्जिलको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE