कांग्रेसलाई बलियो बनाउन मेरो उम्मेदवारी : विष्णु मुस्कान

88
Bishnu muskan

२०७८ मंसिर १७ गते प्रकाशित

जननी संवाददाता

अर्घाखाँची– कांग्रेस अर्घाखाँची सभापति पदमा रहँदा देशकै उत्कृष्ट काम गरेका निर्वतमान सभापति विष्णुप्रसाद खनाल (मुस्कान) ले लुम्बिनी प्रदेशको सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

भैरहवामा जारी प्रदेशको महाधिवेशनमा उपस्थित बहुसंख्यक कांग्रेसजनले मुस्कानको उम्मेदवारीलाई विशेष महत्व दिएका छन् । ७७ जिल्ला मध्ये क्रियाशिल सदस्यता पाटी केन्द्रलाई समयमै बुझाउने पहिलो जिल्ला अर्घाखाँची हो ।

पाटी संगठन निर्माण, जनजागरण अभियान सञ्चालनमा उत्कृष्ट, स्थानीय तहको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताएको र कांग्रेस नेता तथा कार्यकर्तासँग समन्यव गरेर अर्घाखाँची पाटी संगठनमा नमूना काम गरेको मुस्कानको छाप रहेको छ ।

‘कांग्रेसलाई जनमुखी बनाउन, जनताको पाटी बनाउन र लुम्बिनी प्रदेशका शक्तिशाली कांग्रेस संगठन निर्माण गर्न मेरो सहमहामन्त्री पदमा उम्मेदवारी हो,’ मुस्कानले भने, ‘लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाटी काममा खट्छु ।’

SHARE