अलग यात्री : सिसाकलमवाली सुधा

33

‘आफू मात्र सम्पन्न भएर के गर्नु समाजमा कैयौँ विपन्न छन्, उनीहरूलाई विपन्नताबाट बाहिर ल्याउन पाए ?’ सुधाको मनभित्र थियो यस्तै उकुसमुकुस । अलग यात्री : सिसाकलमवाली सुधा
एसएलसीलगत्तै विवाह बन्धनमा बाँधिएकी सुधा महिला सशक्तीकरणबारे सोचिरहन्थिन् । तर, केही गर्न सकिरहेकी थिइनन् । न त उनले मनभित्रको उकुसमुकुसलाई बाहिर निकाल्न नै सकेकी थिइन् ।

एसएलसीलगत्तै विवाह बन्धनमा बाँधिएकी सुधा महिला सशक्तीकरणका बारे सोचिरहन्थिन् । तर, केही गर्न सकिरहेकी थिइनन् । न त उनले मनभित्रको उकुसमुकुसलाई बाहिर निकाल्न नै सकेकी थिइन् ।

मनको उकुसमुकुस र महिला सशक्तीकरणको आवाज बन्न थाल्यो, लेख–रचना । उनले महिला सशक्तीकरणकै लागि लेख लेख्न थालिन् । गीत, कविता रच्न थालिन् । साहित्य उनको उकुसमुकुस पोख्ने माध्यम बन्न थाल्यो ।
लेख–रचना र साहित्य सिर्जनाले मात्र उनको उकुसमुकुलाई कम गर्न सकेन । न त महिलाको जीवनस्तरमा कुनै परिवर्तन नै ल्यायो । त्यसपछि उनले रोजिन्, फरक बाटो, महिलालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने ।
‘महिलासँग सीप भए पनि प्रयोग गरेर आम्दानीको स्रोत बनाउन सकिरहेका हुँदैनन्,’ सुधा भन्छिन्, ‘त्यस्ता महिलालाई काम दिलाउन सकियो भने उपलब्धि हुन्छ भनेर मैले फरक बाटो रोज्न पुगेँ ।’
सुधाले विभिन्न क्षेत्रका १० महिलालाई भेला गरेर ‘पेपर–पेन्सिल’ बनाउने ‘आइडिया’ सुनाइन् । खेर गइरहेका कागजबाट सिसाकलम बनाउने सुधाको योजनामा सबै महिला सहमत भए । उनीहरू लगानी गर्न पनि तत्पर भए । अनि, ०६५ मा जन्मियो, ‘वुमन्स ड्रिम मल्टी सर्भिस प्रालि ।’
सुधाको नेतृत्वमा खुलेको कम्पनीले सिसाकलम (पेन्सिल) उत्पादन गर्छ । प्रयोग भएका कागजबाट सिसाकलम उत्पादन गर्ने कम्पनीमा ३५ जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् । सुधाका अनुसार ‘पेपर–पेन्सिल’ उत्पादन गर्ने यो नेपालकै पहिलो कम्पनी हो ।
नेपालमा चीन र भारतबाट पेन्सिल आइरहेका बेला आफूहरूले उत्पादन थाल्नुलाई उनी उपलब्धिमूलक ठान्छिन् । ‘नेपालमा त्यसबेला पेन्सिल उत्पादन गर्ने आँट कसैले गरेकै थिएनन्,’ उनी भन्छिन्, ‘हामी महिलाको समूह मिलेर नेपालमा पेन्सिल उत्पादन गर्न सकिन्छ भनेर देखायौँ, यो मुलुककै उपलब्धि हो ।’
सुरुमा एक वर्ष पेन्सिल उत्पादनबारे अध्ययन गर्नुप¥यो । अध्ययनका क्रममा भेटिए, नीरज पौडेल । जसले चीनमा बसेर ‘पेपर पेन्सिल’बारे जानकारी लिएका थिए । उनकै सहायतामा अघि बढ्यो, पेन्सिल उत्पादन ।
कम्पनीले बजारमा ठूलो उपस्थिति देखाउन सकेको त छैन, तर मागअनुसारको आपूर्ति पनि गर्न सकिरहेको छैन । यसमै देखिन्छ, यसको लोकप्रियता । कम्पनीले उत्पादन गरेका पेन्सिल स्वदेशमा मात्र होइन, विदेशमा पनि खपत हुन्छन् । नेपालका १० विद्यालयलाई कम्पनीले नै पेन्सिल उत्पादन गरेर आपूर्ति गर्दै आएको छ ।
‘हाम्रो कम्पनीबाट उत्पादित पेन्सिल अनलाइन बजारमार्फत युके, जर्मनी, अस्टे«लियातिर पनि जान्छ,’ सुधा भन्छिन् । माग पूर्ति गर्न समस्या भएको बताउँदै उनी भन्छिन्, ‘महिलामा धेरै लगानीको आँट नहुँदो रहेछ, त्यसैले माग धान्ने गरी उत्पादन गर्न सकिरहेका छैनौँ ।’ उनका अनुसार पसलमा भन्दा स्कुलमा सीधै सम्पर्क गरेर पेन्सिल बेच्ने गर्छ, कम्पनीले ।
दैनिक ३० देखि ४० हजार थान पेन्सिलको माग छ । तर, २० प्रतिशत मात्र माग पूर्ति गर्ने क्षमता कम्पनीको छ । उनीहरूसँग पर्याप्त मेसिन नभएकाले मागअनुसार उत्पादन हुन नसकेको हो ।
हाल कम्पनीले नाफालाई भन्दा उद्यमशीलता विकासमा जोड दिएको छ । ‘कम्पनीले चाँडै आधा दर्जन जिल्लामा शाखा विस्तार गरेर उद्यमशीलता विकासमा सहयोग गर्दै छौँ,’ उनले भनिन् ।
पेन्सिलका लागि काटिने रूखमा कमी होस् भनेर फालिने कागजबाट पेन्सिल बनाएको बस्नेत बताउँछिन् । कम्पनीले उद्यमशीलता विकासका लागि पेन्सिलबाहेक सिलाइकटाई, सौन्दर्य प्रशिक्षणलगायत सीपमूलक तालिम पनि दिन्छ । ‘हाम्रो उद्देश्य महिला उद्यमशीलता विकास गर्नु पनि हो,’ उनले भनिन्, ‘त्यसैले हामी महिलाको क्षमता र सीपलाई पहिचान गरेर त्यहीअनुसार प्लेटफर्म दिने काम गरिरहेका छौँ ।’

SHARE