युवाको नेतृत्व गर्दै मेरो उपसचिवमा उम्मेदवारी : नेपाली

273
२०७८ पुस ८ गते प्रकाशित
जननीखबर संवाददाता
अर्घाखाँची– एमालेको भातृ संगठन अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज प्रदीप नेपालीले ८ औं जिल्ला अधिवेशनमा उपसचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन्धिखर्क नगरपालिका–२ शंखेटारीका नेपाली युवा, विद्यार्थी तथा एमाले वृत्तमा आशालाग्दा विद्यार्थी युवा हुन ।
एमाले पाटीलाई सुदृढ, सबल र सक्षम तथा जनमुखी पाटी बनाउने उनको लक्ष्य छ । पाटीभित्र गुटबन्दीको अन्त्य गर्दै सबै कार्यकर्ताहरुको भावनाको कदर गर्दै, सांगठानिक गतिविधिलाई व्यवस्थित गर्ने एवं युवालाई अवसर र अग्रजलाई सम्मान गर्दै अर्घाखाँचीमा पहिलो शक्तिशाली पाटी बनाउन आफुले जिल्ला उपसचिव पदमा उम्मेदवारी घोषणा गरेको नेपालीले बताए ।
‘उपसचिव पदमा बसेर एमाले पाटीलाई थप शक्तिशाली, उर्जावान र गतिशिल बनाउन भूमिका खेल्छु,’ उनले भने, ‘मैले सयौं एमालेका युवाको नेतृत्व गर्दै हजारौं युवा तथा विद्यार्थीलाई एमालेमै गोलबन्द गर्छु । गाउँ, टोल, बस्ती, स्कुल, कलेज जताततै एमालेको लहर ल्याउन अहोरात्र खट्छु ।’
आउँदो तीनै तहको चुनावमा एमालेका उम्मेदवारलाई जिताउने गरी पाटी संगठनमा काम गर्ने उनले बताए । नेकपा एमाले र माओवादी केन्द्र पाटी एकीकरणपछि बनेको नेकपामा जिल्ला सदस्य भएर उनले काम गरेका छन् ।
SHARE