अर्घाखाँचीको दुर्गाफाँटमा आज ११ बजे गगन थापा आउँदै

45

२०७८ पुस १९ गते प्रकाशित
जननीखबर संवाददाता
अर्घाखाँची– आज १९ गते पाणिनि गाउँपालिकाको दुर्गाफाटमा हुने कांग्रेसको आमसभालाई सम्बोधन गर्न दिउँसो ११ बजे कांग्रेस महामन्त्री एवं प्रभावशाली युवा नेता गगनकुमार थापा आउने कार्यक्रम छ ।

कांग्रेस पाणिनिले गरेको सभालाई सम्बोधन गर्न केन्द्रीय सदस्य सञ्जय गौतम, पुष्पा भुसाल, लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), जिल्ला सभापति केशव श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुर्गाफाटमा मञ्च व्यवस्थापन देखि सबै तयारी पुरा भएको कांग्रेसले जनाएको छ । व्यापक प्रचारप्रसार भैरहेको छ । थापा आउने भएपछि कांग्रेस कार्यकर्ता उत्साहित छन् । हजारौंको संख्यामा जनताको सहभागीता रहने कांग्रेस पाणिनि सभापति तुल्सी पौडेलले बताए ।

SHARE