क्यामेरासँगै हुर्किएका मदनबाबु

12

भक्तपुरको गठ्ठाघर चोकबाट सय मिटर उतरतर्फ मोडिएपछि एउटा चारतल्ले अग्लो घर आउँछ । घरका भित्ताभरि दुर्लभ फोटाहरु झुन्डिएका छन् । कोठाभित्रको दराज क्यामेरै क्यामेराले भरिएको छ।

कोठाको एकछेउमा पुराना क्यामेरा, अर्कोतिर आधुनिक । तीनै क्यामेरा संकलन गर्दै हुर्किएका थिए, मदनवाबु बज्रचार्य ।मध्यपुर थिमी गठ्ठाघरस्थित उनकै निवासमा गफिइरहँदा उनी घरी बाल्यकालमा फर्कन्थे, घरी युवावस्थामा । बाल्यकालदेखि संकलन गरेका क्यामेराबारे बताउँदै गर्दा उनी घरी भावुक बन्थे । उनको त्यो कोठा वरिपरी झट्ट हेर्दा लाग्यो, यो क्यामेराको संग्रहालय हो।

क्यामेरा संकलन गर्दाका जटिल कुरालाई उनी बिर्सन सक्दैनन् । किनकी उनको जीवनको अमूल्य समय क्यामेरा खोजिमै बितेको छ । उनले १७ बर्षको हुँदा क्यामेरा संकलनको काम थालेका थिए । त्यतिबेला उनी न्यूरोडमा क्यामेरा पसल पनि सञ्चालन गरेका थिए । करिब ५८ वर्ष क्यामेरा संकलनमा बिताएका मदनबाबुले एक–एक गरी विभिन्न मोडलका क्यामेरा बटुलेका थिए।

अहिले उनी उमेरले ७५ पार गरेका छन् । यो उमेरसम्म आइपुग्दा मदनबाबुले सयौं मोडलका कैयौं क्यामेरा संकलन भ्याए । उनले संकलन गरेको सबैभन्दा पुरानो क्यामेरा ‘इलफोर्ड क्यामेरा’ हो, जुन क्यामेराको इतिहास विश्वमा कतै फेला परेको छैन । जर्मनले तयार पारेका क्यामेरा क्याट्लगमा पनि उक्त क्यामेराको इतिहास समावेस छैन । उनको त्यो क्यामेरालाई चार करोडसम्म दिन्छु भन्नेहरु पनि आएका थिए । तर, मदनबाबु दुःखले संकलन गरेको क्यामेरा कसैलाई दिन चाहेनन । उनी आफ्नो घरमै क्यामेरा संग्रहालय बनाएर राख्न चाहान्छन् । आगामी पुस्ताले नेपाली क्यामेराको इतिहास बुझुन भन्ने उनको सोच छ।

उनीसँग जंगबहादुर राणाले बेलायतबाट ल्याएको क्यामेरा छ । यी क्यामेरा संकलन गर्न सजिलो थिएन । न्यूरोडमा क्यामेरा र घडि पसल चलाउँदै गर्दा विदेशी नयाँ नयाँ क्यामेरा लिएर नेपाल आउँथे । नेपालमा क्यामेराको प्रयोग त्यति भएको थिए । उनी विदेशीहरुसँग किनेर वा आफूसँग भएको कुनै भिन्दै मोडलको क्यामेरा दिएर नयाँ क्यामेरा साट्थे । अहिले उनीसँग सय बर्ष पुराना क्यामेरा छन् ।क्यामेरा संकलन सुरु गर्दा मदनबाबु करिब १७ बर्षका थिए । पत्रपत्रिका पढ्ने र रेडियो सुन्ने गर्थे । त्यतिबेला केही क्यामेरा संकलनको काम उनले थालिसकेका थिए । उनको संकलन कार्यलाई विदेशी म्यागेजिनमा कसैले क्यामेरा संकलनबारे ‘स्टोरी’ छापिदिएको थियो । उक्त स्टोरी पढेपछि उनी निकै हौसिए, खुशी भए ।

त्यसपछि क्यामेरा संकलनमा जम्न थाले । विदेशीसँग साठगाठँ बढाउन थाले । ‘कान्छा कायस्त भन्ने मेरा साथि थिए, यो कुरा करिब ५४ बर्ष अघिको हो,’ उनले सुनाए,’ एकजनासँग जंगबहादुर राणाले बेलायतबाट ल्याएको क्यामेरा रहेछ तिमी किन्छौं भनेर मलाई जानकारी दिए, त्यसपछि मैले ती व्यक्तिलाई भेटेर २ हजार नगद तिरेर क्यामेराको लेन्स किनेँ ।’त्यसो त उनीसँग विभिन्न मोडलका क्यामेरा छन् । ४० केजी तौल भएको चन्द्रसमशेरले युरोपबाट ल्याएको क्यामेरा पनि उनको संग्रहालयमा छ । यो निकै फरक र दुर्लव क्यामेरा हो । यसको लेन्सका अलावा फिल्टर, डार्क रुमका सामान समेत राखिएका छन्।

‘त्यतिबेला क्यामेरा बोक्नेलाई निकै ठूला र सम्पन्न मानिन्थ्यो,’ उनले विगत सुनाए, ‘मैले पसल खोलेपछि धेरै क्यामेरा संकलन गरे, धनि र विदेशीहरु विभिन्न मोडलका क्यामेरा बोकेर बनाउन तथा साट्न पसलमा आउन थाले, त्यसपछि मैले पूराना क्यामेरा संकलन गर्ने अवसर पाएँ ।’उनीसँग नेपालको पहिला चर्चित चलचित्र ‘माइतीघर’ खिचेको क्यामराले छ । धेरै पुराना क्यामेरा हेर्न मदनबाबुकहाँ देश–बिदेशबाट धेरै व्यक्तिहरु पुग्ने गरेका छन्।

उनी भक्तपुर जिल्लामा आफ्नो निजी प्राइभेट गाडी रमोटरसाइकल चड्ने पहिलो ब्यक्ति हुन् । विस २०२३ सालमा मोटरसाइकल चलाउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसअर्थमा उनी भक्तपुर जिल्ला सबैभन्दा पहिले गाडि र मोटरसाइकल चढ्ने पहिलो व्यक्ति पनि थिए ।उनी १० बर्ष अघिसम्म क्यामेरा संकलनमा व्यस्त थिए । आधुनिकतासँगै भित्रिएका डिजिटल क्यामेरा संकलन गर्नतिर उनले चासो राखेनन् । बरु पूरानै क्यामेरालाई कसरी व्यवस्थित गर्ने भन्नेतिर सोच्न थाले । त्यसपछि उनी घरमै बस्न थाले । आफूले करिब ५८ बर्ष लगाएर संकलन गरेका सजाउन थाले।

उनको अर्को रहर साथि बनाउनु पनि हो । तर, उनी आफुभन्दा कम जान्ने र तल्लो स्तरका ब्यक्तिसंग कहिल्यै संगत गरेनन् । उनी भन्छन्, ‘आफू भन्दा सानोको संगत गर्दा आफूले सिकाउनुपर्छ, आफूभन्दा ठूलोको संगत गरियो भने उनीहरुबाट केही सिकिन्छ, मैले आफूभन्दा जान्ने र ठूला व्यक्तिहरुको संगत गरे, त्यसले मलाई सफल हुन थप प्रेरणा थप्यो ।’आफूले विद्यालयस्तरको औपचारिक कक्षा नलिएपनि पढेलेखेकाको संगत गरे ।

संगतकै कारण उनी विश्वविद्यालयका प्रोफेसरको भन्दा कम ज्ञान छैन । क्यामेरा संकलन गरेको थाहा पाएपछि उनलाई फोटोग्राफी र क्यमरा प्रबिधिको बारेमा अध्यापन गराउने अवसर पनि आएका थिए । तर उनी त्यतातिर लागेनन् ।

‘उनी थप्छन्, ‘मेरो टोल छिमेकमा म छुट्टै थिए, सबैले खेतिपाती गर्थे, मैले फरक खालको काम सुरु गरे, त्यसले मलाई भिन्दै बनायो ।’ उनको विषयमा विश्वविद्यालयका विद्यार्थीले शोधपत्र (थेसिस) पनि उतारीसकेका छन् । उनलाई पछिल्लो समय स्कूल पाइला नटेक्ने फोटोग्राफर भन्ने गरिन्छ । ‘एउटा निकै पूरानो क्यामेरा थियो, त्यो क्यामेरा विदेशमा छँदा हरायो,’ उनले सुनाए, ‘त्यसपछि दुःखले संकलन गरेका इतिहास हराउने हुन् कि भन्ने डरमा दायाँबाँया गर्दिनँ ।’ उनले २०३२ सालमा एफ एम रेडियो वजाएर हिड्ने गर्थे । त्यतिखेर उनी झन्डै पक्राउ परेका थिएनन् । तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीलाइ उनले रेडियो सुनाएका थिए।

इतिहास नभएको क्यामेरा
उनीसँग संसारभरका पूराना क्यामेराको क्याटलग पनि छ । उक्त क्याटलग उनलाई लियोन नाम गरेका जर्मन नागरिकले दिएका थिए । उनीसँग भएको इलफोर्ड क्यामेराको इतिहास क्याटलगमा समेटिएको छैन । यो क्यामेरा उनले एकजना लाहुँरेसँग किनेका थिए । उक्त पुस्तक पाएपछि उनले क्यामेरा संकलनलाई अझ जोड दिन थालेका थिए । उक्त क्याटलग पुस्तकमा ३८ सय वटा मोडेलका क्यामेराहरुको वृत्तान्त छ ।

इतिहास नै नभएको क्यामेरा आफूसँग हुँदा उनी निकै गौरव ठान्छन् आफूलाई । ‘जर्मनीजस्तो विकसीत मूलुकमा त यो क्यामेराको इतिहास रहेनछ भने अन्त कहाँ भेटिनु,’ उनले सुनाए, ‘त्यति ठूलो इतिहास समेटिएको क्यामेरा धेरैले फुत्काउन खोजे तर मैले कसैलाई पनि दिइनँ ।’ आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् । 

SHARE