प्रदीप नेपाली एमालेकाे सबैभन्दा कान्छाे जिल्ला सदस्य

285

२०७८ पुस २८ गते प्रकाशित
जननीखबर संवाददाता

अर्घाखाँची – अर्घाखाँची जिल्ला कमिटि सदस्यमा २९ बर्षीय युवा प्रदिप नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । सन्धिखर्क नगरपालिका–२ निवासी प्रदिप नेपाली जिल्लाको ८ आै अधिवेशनबाट दलित खुल्ला सदस्य पदमा सर्वसम्मत निर्वाचित हुन् ।

१५ वर्षको उमेरमा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुकाे सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका नेपाली २९ वर्षमा जिल्ला तहको नेतृत्वमा आफूलाई स्थापित गर्न सफल भएका छन् । अनेरास्ववियु प्रारम्भिक कमिटीवाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका नेपाली विधार्थी राजनितीमा सक्रिय छन ।

हाल अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहेका नेपाली पार्टीको भित्रका संगठन बाहेक जिल्लामा रहेका विभिन्न सामाजिक संस्थामा रहेर पनि थुप्रै काम गरेका छन । जिल्ला सदस्यमा निर्वाचित भएपछी नेपालीले भन्छन‘ म उपसचिवकाे उम्मेदवारी दिने तयारिमा थिए पाेछि पार्टी संगठन विभागकाे परिपत्रले गर्दा उक्त पदमा मिलेन र पार्टीले मलाई बिश्वास गरेर यो जिम्मेवारीमा पुर्याउनु भएको छ , पार्टी नेता कार्यकर्ता र जनताकाे भावनाको अनुरुप काम गर्ने पुरानालाई सम्मान गर्ने राजनीतिमा बढ्दो युवा आकर्षणलाई निरास हुन् नदिने नविनतम कार्यक्रम लिएर गाउँगाउँमा जाने नेकपा एमालेकाे विचार ,सिद्धान्त , नीति कार्यक्रम बुझाउने युवाहरलाई राजनिती प्रती विशेषगरी नेकपा एमालेमा आकर्षण गर्ने मेरो दायित्व हो ।

राजनीतिमा अब युवा पुस्ताकाे नेतृत्व खाँचो छ । भन्ने आबश्यकता देखेर जिल्ला सदस्य बन्ने निधो गरे । उनले अब पार्टी भित्र हुने गुटबन्दीकाे अन्तय गर्ने र युवा विधार्थीका मुद्दालाई अगाडि सारेर उनिहरुका मुद्दालाई स्थापित गर्न लाग्ने बताए ।

SHARE