सुदुरपश्चिम कांग्रेसको अवस्था बुझ्न अध्यक्ष पाण्डे धनगढीमा

279

२०७९ पुस ३० गते प्रकाशित

जननीखबर संवाददाता

अर्घाखाँची– नेपाली कांग्रेस निकट नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे बिहीवार धनगढीमा भएको कांग्रेस सुदुरपश्चिमको बैठकमा सहभागी भएका छन् ।

जिल्ला सभापति सहितको बैठकमा विशिष्ट अतिथिको रुपमा पाण्डेले जनसम्पर्क समितिबाट कांग्रेससित समन्वय गर्ने, कोभिडमा भारतबाट घरमा फर्कने सुदुरपश्चिवासीलाई सुरक्षा कसरी गर्ने, कार्यकर्तालाई प्रोत्साहत गर्दै काममा खटाउने लगायतका विषयमा बैठकमा छलफल भएको थियो ।

कांग्रेसको पहलमा सुदुरपश्चिमबाट रोजगारीको लागि भारत जाने युवालाई स्वदेशमै स्वरोजगारका उपाय खोजेर युवाशक्तिलाई गाउँमै रोक्नेबारे छलफल भएको थियो । कांग्रेसका प्रभावशाली युवा नेता पाण्डेले भारतमा रहेका प्रवासी नेपालीको समस्या, दुःख अप्ठयारोमा सहयोग गर्दै आएका छन् ।

सुदुरपश्चिका प्रदेशको कार्यसमिति सभापति सहित पदाधिकारी र जिल्ला सभापतिको भावना बुझ्न अध्यक्ष पाण्डे धनगढी पुगेका थिए ।

कांग्रेसको संगठन निर्माण, भारतमा रोजगारी गर्ने सुदुरपश्चिम सहित देशभरका प्रवासी नेपालीलाई गोलबन्द गरी संगठनमा आवद्ध बनाउने काममा पाण्डे लामो समय देखि नेपाल र भारतमा दौडधुपमा गरिरहेका छन् ।

SHARE