सौगात र शित्तलको ‘कुटुमा कुटु’

36

बुटवल–अडियो रेकडिङ देखि नै चर्चामा रहेको पत्रकारद्वय संञ्जय सौगात र शित्तल शर्माको तीज गीत ‘कुटुमा कुटु’ को म्यूजिक भिडियो मंगलबारदेखि सार्वजनिक भएको छ । शित्तल मिडियाको प्रस्तुती रहेको उक्त गीत शित्तल मिडियाकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा सौगात र शित्तलको स्वर रहेको छ भने शब्द पनि दुवैजनाले नै कोरेका हुन । गीतको थेगो र संगित भने गायक सौगातले बनाएका हुन । संगित संयोजन भने चर्चित गायत तथा संगितकार तिलक वलीले गरेका छन । म्यूजिक भिडियोलाई पछिल्लो समयमा चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन र गीतमा काजिससंगै छमछमी आइडल रबिता मगरले दमदार नृत्य प्रस्तुत गरेका छन् । त्यस्तै म्यूजिक भिडियोमा हास्यकलाकार उज्जवल गिरी दानविरको पनि आस्य प्रस्तुती देख्न सकिन्छ । म्यूजिक भिडियोलाई बासु बरालले छायांकन र दिपक विष्टले सम्पादन गरेका हुन् ।

शर्माले केही दिनअघि मात्रै ख्यातीप्राप्त सर्जक शिव हमाल, गायिका कला लम्सालसंगको सहकार्यमा ‘महारानी’ तीजको गीत सार्वजनिक गरिसकेकी छिन् । उनका पानी जहाज, आर्थिक समृद्धि लगायतका एल्वमहरु चर्चामा छन् त्यस्तै सौगातले पनि यस अघि बम्बईको साडी, रसै चाख्नलाई, संगै बसम लगायतका चर्चित एल्वमहरु बजारमा पस्किसकेका छन् ।

SHARE