८४ वर्षीय अधिवक्ता टंक पोखरेलको जीवनी

246
२०७८ माघ ३ गते प्रकाशित
सहयोगी बिसी
स्तम्भमा अर्घाखाँची जिल्लाको छत्रगंजमा जन्मनु भएका वकिल टंक प्रसाद पोखरेल ज्यु को बिषयमा उहाँको जिबनगाथा र समाजमा पुर्याउनु भएको योगदान र विविध बिषयमा जानाकारी दिने प्रयास गरेको छु।
अर्घाखाँची जिल्लाको साबिक छत्रगंज गाबिस ८ हाल छत्रदेब गाउँ पालिका वडा नं. ५ निवासी बुबा मणिराम पोखरेल र आमा तिलका पोखरेलको जेठो सन्तानको रूपमा १९९४ साल माघमा उहाँको जन्म भएको थियो ।
उहाँका भाइ स्वर्गीय ठाकुर प्रसाद पोखरेलले पनि वकिल पेशा तथा स्वर्गीय हरिश्वचन्द्र पोखरेल निजामती सेवामा हुनुहुन्थ्यो भने ईश्वरचन्द्र पोखरेल पनि वकिल पेशा अगाल्नु भएको थियो । उहाँको बसाई काठमाडौमा रहेको छ ।
टंक पोखरेल ज्यु को खनदह आरुबुटा कि रुक्मिणादेबी खनाल संग बिबाह भएको थियो ।
उहाँका ४ छोरी र २ छोरा हुनुहुन्छ।छोरी सीता बेल्बासेको सन्धिखर्क १ आँटिकापाटा निवासी राम प्रसाद बेल्बासे संग बिबाह भएको थियो । ज्वाइँ बेल्बासे पुनर्निर्माण प्राधिकरणको उपसचिव बाट निबृत भै काठमाडौ बस्दै आईरहनु भएको छ ।
माईली छोरी लक्ष्म्मी ज्ञवाली गुल्मी निवासी दयाराम ज्ञवाली संग बिबाह भएको थियो । उहाँ यातायात ब्यबसायिको रूपमा काठमाडौ कपन र साईली छोरी रोमा पाण्डे भगवती गाबिस निवासी प्रा.डा.डिल्ली राज शर्मा पाण्डे संग बिबाह भएको थियो ।
उहाँ त्रिभुवन बिश्वबिधालय ब्यबस्थापन संकायको डिन हुनुहुन्छ । उहाँको बसाई पनि काठमाडौ रहेको छ । कान्छी छोरी कल्पनाको अर्घाखाँची ठुलापोखरा बिष्णु पाण्डे संग बिबाह भएको थियो । कल्पना कपिलवस्तु बाणगंगा पिपराको माबी शिक्षिका हुनुहुन्छ,भने ज्वाइँ बिष्णु लेखा परिक्षकको रूपमा बुटवलमा हुनुहुन्छ ।
छोरा शंभु प्रसाद पोखरेल एम.एस.सी . उत्तीर्ण गरि केही समय प्राध्यापन पेशा गर्नु भयो भने उहाँ नेपाल रेडक्रस सोसाइटी ३ कार्यकाल अर्घाखाँची जिल्ला सभापति लुम्बिनी प्रदेश अध्यक्ष र केन्द्रिय सदस्य सहित हाल नेकपा एमालेको आठौं जिल्ला अधिबेशन बाट उपसचिवमा चयन हुनुभएको छ ।
बुहारी प्रभा पोखरेल नेकपा एमाले सन्धिखर्क नगर कमिटी सदस्य तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सदस्य हुनुहुन्छ । नाति बिवेक पोखरेल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीमा कोरोना रोगथाम तथा नियन्त्रण कार्यक्रम परियोजना संयोजकको रूपमा काम गर्दै आईरहनु भएको छ । नातिनी रिया पोखरेल काठमाडौ बिश्व बिधालय अन्तर्गत बनेपामा सर्भे इन्जिनियरको रूपमा अन्तिम बर्षमा अध्ययन गर्दै हुनुहुन्छ ।
कान्छो छोरा बिष्णु पोखरेल बिगत १५ बर्ष देखि सपरिवार आईरल्याण्डमा हुनुहुन्छ।उहाँ कानुनी सल्लाहकार तथा सूचना प्रबिधि सम्बन्धि विशेषज्ञको रूपमा काम गर्दै आउनु भएको छ ।
उहाँले स्वाध्यन बाट सामान्य शिक्षा लिनु भएको थियो । पछि पाल्पाबाट म्याक्ट्रीक पासगरी अभिकर्ता तालीम लिनु भएका उहाँ क्रमश अभिवक्ता हुँदै अधिवक्ता, हुनुभयो ।
उहाँले सानै उमेरमा तत्कालीन धैरेनी राज्यमा राईटर पदमा नोकरी खानु भएको थियो । साथै “अर्घाखाँची गुल्मी इस्मा” जिल्लाको गाउँ फर्क राष्ट्रिय अभियानमा एक कार्यकाल क्षेत्रपाल सम्म हुनुभयो ।
 गुल्मी तम्घासमा बसेर वकिल पेशा गरिरहेकै अबस्थामा अर्घाखाँचीको बहुचर्चित हरेबरे ( सिद्वारा) र अर्घा भगवती मुर्ति काण्डमा अभियुक्तको रूपमा पक्राउ परेका तत्कालीन कम्युनिस्ट नेताहरुको पक्षमा बहस पैरवी गर्न गुणानिधी भुसालको पहल र अनुरोधमा उहाँ लाई तम्घास बाट अर्घाखाँची झिकाईएको थियो।त्यसपछि उहाँ अर्घाखाँची सदरमुकाममा बस्दै  आईरहनु भएको थियो।
उहाँ गुल्मिका सिद्विनाथ ज्ञवालीको सम्पर्कमा आई बामपंथी बन्नु भएको र पुर्बी वेल्ट्मा दिलचन्द्र रायमाझी लक्ष्मण रायमाझी ,प्रदिप नारायण शाह संग मिलेर कम्युनिस्ट पार्टी बिस्तारमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियो ।
तत्कालीन पंचायती ब्यबस्थामा कम्युनिस्ट हरुलाई विभिन्न झुठा मुद्दा लगाउँदा उहाँ कम्युनिस्ट वकिलको रूपमा जिल्ला अदालत पुनराबेदन अदालतमा समेत बहस पैरवी गर्नु भएको थियो ।
त्यसै कारण पनि उहाँ बामपंथी वकिल कै रूपमा परिचीत हुनुहुन्थ्यो।उहाँ आफ्नो ल-फर्म बाट धेरै ब्यक्ति लाई वकालत र लेखापढी पेशामा संलग्न गराउनु भएको छ । जसमध्ये घनश्याम बेल्बासे प्रेमराज आचार्य( गुल्मी तम्घास ) स्वर्गीय शिबलाल पोखरेल, कृष्णा भुसाल ,बिजय के. सि. महानन्द पोखरेल,बुद्धिराम चुँदाली बिष्णु खनाल,देबेन्द्र बन्जाडे ,मनिलाल पोखरेल “सहयोगी” बि. सि.हुनुहुन्छ ।
उहाँ नेपाल रेडक्रस सोसाइटीको जिल्ला कोषाध्यक्ष सहित ३ कार्यकाल जिल्ला समितिमा रहेर काम गर्नु भएको थियो।
उहाँ नेपाल सरकारको २ कार्यकाल वैतनिक वकिलको जिम्मेवारीमा समेत रहेर काम गर्नु भएको अनुभव छ । उहाँ नेपाल वार एशोसिएसन अर्घाखाँचीको संस्थापक अध्यक्ष सहित ३ कार्यकाल अध्यक्षको जिम्मेवारी समाल्नु भएको थियो ।
उहाँले अर्घाखाँची सदरमुकाममा मोटरबाटो ल्याउने क्रममा काँशिनाथ गौतम संगको सम्पर्कमा बाटो खन्ने काममा उल्लेखनिय भुमिका खेल्नु भएको थियो ।
उहाँले नेकपा एमालेको जिल्ला पार्टी भवन निर्माणको निम्ति केही जग्गा र सोही ठाउँमा बाटो जानको निम्ति ८ आना जग्गा ६ लाख नगद सहित हाल छत्रदेब गाउँ पालिका भबन निर्माण गर्न ७ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको थियो।
उहाँ अत्यन्तै परिश्रमी ब्यक्ति हुनुहुथ्यो ।  झण्डै ८०-८१ बर्ष सम्म उहाँ आफैले उत्पादन गरेको आर्गेनिक तरकारी खाने गर्नु भयो । बिहान र बेलुकी आफ्नो खेतबारिमा गएर परिश्रम गरेर उत्पादन गरेको तरकारी र अन्नबाली खाने गर्नुहुन्थ्यो ।
उहाँको स्वास्थ्य देख्दा मानिस हरु अचम्मित हुन्थे।उहाँ निरन्तर ८२ बर्ष सम्म वकालत पेशामा कृयाशिल रहनु भयो । केही समय बिरामी पर्नु भएको र स्वास्थ्य लाभपछि पुर्बबत रूपमा अहिले काठमाडौ आफ्नै घरमा बसिरहनु भएको छ । उहाँ ८४ बर्षमा पनि तन्दुरुस्त हुनुहुन्छ।
हाम्रो समाजका एक आदरणीय ब्यक्तित्व टंक प्रसाद वकिल बुबाको दिर्घ जिवनको मंगलमय शुभकामना कामना प्रकट गर्दछौं । साथै उहाँले आफ्नो क्षेत्र बाट हाम्रो समाजको निम्ति पुर्याउनु भएको योगदान को उच्च सम्मान गर्दछौं।
SHARE