२०७८ माघ २१ गते प्रकाशित
कमला घिमिरे
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मैदानमा मनकामना दुग्ध डेरिको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । पाणिनी गाउँपालिका वडा नं ५ का अध्यक्ष जिवलाल घिमिरे द्वारा उक्त डेरीको उद्घाटन भएको हो । डेरीको उद्घाटन गर्दै किसानका समस्याहरुको पहिचान गरी कृषि क्षेत्रमा लगानी गर्दै किसानहरुको जीवन स्तरमा सुधार आउने र युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउन पालिका र वडा लागि परेको वडा अध्यक्ष घिमिरेले बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस मैदानका सभापति गणेश घिमिरेले मन्तब्यका क्रममा कृषि ब्यवसायलाई मेहनतका साथ अगाडि बढाउदै जाने हो भने आफ्नो खुट्टामा उभिन सकीने बताउदै स्थानीय तहले पनि कृषकलाई आबश्यक पर्ने कार्यक्रमहरु संचालन गरी क्षमता अभिबृद्धि गराउन समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति गणेश घिमिरे, नेकपा एमालेका अध्यक्ष इन्द्रमणि घिमिरे, नेकपा माओवादी केन्द्र पाणिनीका सचीव बुद्धि जिसि, देउराली डेरि तथा छुर्पी उद्योगका संचालन तिलक गरै लगायतको अतित्था रहेको थियोे । उक्त कार्यक्रम कृष्ण घिमिरेको अध्यक्षता, गणेश प्रसाद घिमिरेको स्वागत मन्तव्य र नारायण गैरेको संचालनमा सम्पन्न भएको थियो ।