पाणिनिका बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाइदैछ : अध्यक्ष पोखरेल

343

२०७८ माघ २६ गते प्रकाशित

जननीखबर संवाददाता

अर्घाखाँची– पाणिनि गाउँपालिकामा रहेका सयौं युवालाई गाउँमै कृषि उद्यमबाट स्वरोजगार बनाउने लक्ष्य अनुसार पाणिनिका अगुवा युवा अर्जुन पोखरेलको अगुवाइनमा पाणिनि शिवशक्ति बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड दर्ता गरिएको छ ।

पाणिनिका सबै स्थानीय सहकारीमा आवद्ध गराएर कृषि उत्पादन, पशुपालनबाट युवालाई कृषि उद्यममा जोड्ने उद्देश्य रहेको छ । उत्पादित वस्तु बजारीकरण पनि सहकारीबाट गरिने सहकारीका अध्यक्ष पोखरेलले बताए । पोखराथोकको हरिहर मावि अगाडी रहेको सहकारीको कार्यालय र प्रारम्भिक साधारणसभालाई पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अहिलेसम्म सहकारीमा डेढ सय जना भन्दा धेरै आवद्ध भैसकेका छन् । पाणिनिभरका सबैलाई सदस्यता बनाइनेछ । सबैलाई सदस्य बन्न आवेदन खुला गरिएको छ । शुरुमा ३० जनाबाट शुरु गरी वडा स्तरीय भएपछि अहिले पालिका स्तरीय सहकारी बनाउन लागिएको हो । बेरोजगार युवालाई सहकारीले लगानी गरिने र उत्पादित वस्तु सहकारीले नै खरिद गरिने पोखरेलले बताए ।

SHARE