टोल–टोलमा संगठन, घर–घरमा कांग्रेसजन

191

२०७८ फागुन १५ गते प्रकाशित
जननीखबर संवाददाता
अर्घाखाँची– स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्घाखाँची कांग्रेसले टोल–टोलमा संगठन, घर–घरमा कांग्रेसजन भन्ने नाराका साथ छ वटै पालिकाका टोलका वडावस्तीमा अभियान सञ्चालन गरेको छ ।                 कांग्रेस नेताहरु कांग्रेसको पक्षमा माहोल मिलाउन गाउ डुलेका छन् । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, उपसभापति विष्णु भुसाल र बावुराम पौडेल, सचिव अच्युत गौतम र कृष्ण खनाल, सहसचिव मेघराज पाण्डे र कमल पौडेल सहित जिल्ला कार्यसमितिका सदस्य तथा पूर्व पदाधिकारी सहित कांग्रेस नेताहरु कार्यकर्ताको घरदैलोमा पुगेका छन् ।                                                                  उनीहरुले गाउँमा विकास निर्माणका कामबारे जनताको कुरा सुन्ने, कार्यकर्ताको भावना बुझदै आउँदो स्थानीय तह चुनावमा कांग्रेस उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई सर्कुलर गर्दै अभियान सञ्चालन गरेका छन् । कांग्रेस नेताहरु गाउमा पुगेपछि स्थानीय सर्वसाधारण र कार्यकर्तामा खुसीयाली छाएको छ ।  टाेल समिति समेत गठन भएका छन् ।

SHARE