याे सरकारले देश र जनताको पक्षमा काम गर्दैन : भुसाल

31
एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल ।

शाेभाखर पन्थी
अर्घाखाँची / फागुन :१५
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्ता लाई अग्रह गर्नुभएको छ ।
नेकपा एमाले छत्रदेव गाउँ पालिका कमिटीको बैठकमा मन्तव्य राख्दै उहाँले ५ दलिय गठबन्धन बाट निर्मित वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउनुभयो । भुसालले शान्ति ,सुशासन ,बिकास र समृद्धि केबल नेकपा एमाले बाट मात्र संभव भएको भन्दै, जनताको घर दैलोमा पुगेर मन जित्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
नेकपा एमाले छत्रदेव गाउँपालिका कमिटीका अध्यक्ष रामजी प्रसाद पाण्डेको अध्यक्षता,सचिव तेजप्रसाद खनालको संचालन र सदस्य निरुता भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रकाश ज्ञवाली ,जिल्ला कमिटी उपसचिव शम्भु प्रसाद पोख्रेल ,प्रदेश क्षेत्र नं.१ कमिटीका संयोजक रामबहादुर रायमाझी ,छत्रदेव पालिका कमिटीका ईन्चार्ज ध्रुव कुमार पाण्डे ,सह-ईन्चार्ज माधव पन्थी ,जिल्ला कमिटी सदस्य फिरोज खान,सुमित्रा पन्थ ,सरस्वती भुसाल ,रुपा पाण्डे प्रधान ,नेत्र गैरे,भोजराज पाण्डे ,मनि पन्थी ,कृष्ण फुल्लेल,चेतन बि.क. लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
बैठकले फागुन -२१ गते छत्रगञ्जमा पालिका स्तरको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने ,सबै वडामा वडा कमिटीका कार्यालय संचालन गर्ने लगायतका निर्णय गरेको एमाले प्रचार बिभाग प्रमुख शोभमकर पन्थीले जानकारी दिनुभयो । 

SHARE