सितापुरमा कामना सेवा विकास बैंकको शाखा सहित बैंकिङ्ग सेवा सञ्चालनमा

165

२०७८ फागुन १६ गते प्रकाशित
जननीखबर संवाददाता
अर्घाखाँची– शितगंगा नगरपालिका वडा नम्बर २ को सितापुर बजारमा कामना सेवा बैंकको शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएको छ । आइतवार एक कार्यक्रमका बीच वडा अध्यक्ष गोबद्धन थापाले उदघाटन गरे । थापाले बैंकिङ्ग सेवाले सेवाग्रही तथा स्थानीयलाई ठूलो टेवा पुग्ने बताए । सितापुर बजारस्थिति सचिन मोवाइल सेन्टरबाट बैंकिङ्ग सेवा प्रदान गरिनेछ । बैंक खुलेपछि घण्टौ समय लगाएर ठाडा र अमराई बजार पुग्नुपर्ने बाध्यता सितापुरवासीलाई हटेको छ । बैंकबाट नयाँ खाता खोल्ने, रकम जम्मा गर्ने, रकम निकाल्ने, रेमिट्यान्स सुविधाहरु, लोनको प्रक्रिया अगाडी बढाउने लगायतका सेवा दिइने बैंकका व्यवस्थापक सचिन बोहोराले बताए ।
कार्यक्रममा कामना सेवा विकास बैंक चन्द्रौटा शाखा प्रबन्धक, बैंकका ठाडा शाखा प्रबन्धक विक्रम श्रेष्ठ, ठाडा शाखाका पुरुषोत्तम आचार्य लगायत स्थानीय, व्यापारी, समाजसेवी, बुद्धिजीविको उपस्थिति रहेको थियो ।  

SHARE