सन्धिखर्क नगर प्रमुखमा बस्यालको उम्मेदवारीले तरंग

1957

२०७८ वैशाख ५ गते प्रकाशित

जननीखबर संवाददाता

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसको तर्फबाट उम्मेदवारका आकांक्षी डाक्टर डेभिट बस्यालको चर्चाले तरंग पैदा गरेको छ । पिएचडी डाक्टर बस्याल विद्धान व्यक्ति हुन । बस्यालको उम्मेदवारी आकांक्षीले नगर विकासमा आशालाग्दो लिडरको रुपमा हेरिएको छ ।

सन्धिखर्क नगरवासी माझ उनको लोकप्रियता बढ्दो छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नाकोत्तर, बेलायतबाट एमबीए र कोरियाबाट पीएचडी गरेका बस्यालले सन्धिखर्क नगरपालिका प्रमुखमा उम्मेदवारी दिनुलाई नगरवासीले ठूलो उपलब्धीको रुपमा हेर्न थालेका छन् । डाक्टर बस्यालसँग नयाँ मोडलमा विकास गर्ने योजना छ ।

सन्धिखर्कलाई सुन्दर र समृद्ध बनाउन बस्यालले नगरबजेट मात्रैमा सीमित होइन, संघ, प्रदेश सरकारसँगै विदेशी मुलुकबाट पनि मोटो रकमको बजेट ल्याएर नगरको विकास गर्न सक्ने क्षमता, क्षमता र कुशल योजनाकार हुन ।

‘नगर प्रमुख पदमा उम्मेदवारमा आकांक्षा राखेको छु,’ बस्यालले भने, ‘पाटीले जिम्मेवारी दिनेमा विश्वस्त छु । चुनाव पनि शानदार मतले जित्छु र नगर विकासको गतिलाई बेग्लै ढंगले अघि बढाउँछु, मेरो अन्तराष्ट्रिय सम्बन्धलाई पनि मैले नगर विकासमा प्रयोग गर्नेछु ।’

डिभर्ना सल्लीकोटमा जन्मिएका बस्याल पढेलेखेका युवा सहित कांग्रेसका नेता तथा कार्यकर्तामा लोकप्रिय छन् ।

SHARE