सन्धिखर्कमा नयाँ मोडलले विकास गर्छु : श्रीधर खनाल

214

२०७८ वैशाख ७ गते प्रकाशित

जननीखबर संवाददाता

अर्घाखाँची जिल्ला सदरमुकामको सन्धिखर्क नगरपालिका प्रमुख पदमा सञ्चार उद्यमी श्रीधर खनाल सिफारिस भएका छन् । उनलाई नेकपा (माओवाद) केन्द्र लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति काठमाडौ र सम्पर्क समन्न्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारको लागि पाटी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेका हुन ।

वाङलामा जन्मिएर काठमाडौमा बसी सञ्चार उद्यमीको रुपमा कार्यरत खनाललाई उम्मेदवार बनाउन पहल गर्नका लागि माओवादी केन्द्र अर्घाखाँची समक्ष अनुरोध गरेको छ । खनाल जनता टेलिभिजनका सदस्य तथा एप्पल मिडिया प्रालिका अध्यक्ष हुन । उनले काठमाडौमा रहेर व्यवासाय गर्दा जिल्लाको विकास निर्माण र अन्य सराकारका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

‘मलाई पाटीले जिम्मेवारी दिनेमा विश्वस्त छु,’ उनले भने, ‘टिकट पाएमा सानदार तरिकारले जित्छु र सन्धिखर्क नगरको विकासमा जनताको पक्षमा नयाँ मोडलमा विकास गर्छु ।’

SHARE