पाण्डेले अर्घाखाँचीमा भष्टाचार विरोधी अभियान सञ्चालन गर्ने

389

२०७८ वैशाख ११ गते प्रकाशित

जननीखबर संवाददाता

अर्घाखाँची– भर्खरै राप्रपामा प्रवेश गरेको तत्कालिन कांग्रेसका लोकप्रिय युवा नेता यम पाण्डेले जिल्लामा भष्टचार विरोधी अभियान सञ्चालन गर्ने भएका छन् । छत्रदेव गाउँपालिका वडा नम्बर ४ केरुंगा अमराइमा जन्मिएका पाण्डेले काठमाडौमा व्यावसायी गर्छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिनदेनले अघि सारेको हिन्दु राष्ट र भष्टचार विरोधी अभियान लिएर केही दिनमै जिल्ला दौडाहामा जाने तयारी गरेको पाण्डेको भनाई छ ।

कांग्रेसभित्र लोकप्रिय छवि बनाएका  पाण्डेले कांग्रेसमा विचलन आएको, नेताले कार्यकर्ताको मुल्यांकन नगर्ने, कार्यकर्तालाई वास्ता नगर्ने जस्ता गतिविधि भएको बताए । सरकारी रकम भष्टचार गर्नु आमाको रगत खाएजस्तै भएको पाण्डेको भनाइ छ । छत्रदेव सहित सिंगो जिल्लामा राप्रपाको संगठनलाई विस्तार गर्ने तयारी भएको पाण्डेले बताए ।

SHARE