सन्धिखर्कलाई नमूना नगर बनाउँछु : भण्डारी

89

२०७८ वैशाख १७ गते प्रकाशित

जननीखबर संवाददाता

अर्घाखाँची– कांग्रेसको तर्फबाट सन्धिखर्क नगरपालिका प्रमुख उम्मेदवार शान्ता भण्डारीले सन्धिखर्क नगरलाई विकास र समृद्धिमा नमूना नगर बनाउने बताएकी छिन् । कांग्रेस लुम्बिनी प्रदेश सदस्य भण्डारी लोकप्रिय महिला नेतृ हुन ।

नगरका १४ वटै वडामा पुगेर भण्डारीले ५ वर्षभित्रमा नगरलाई नमुना बनाउने भन्दै घरदैलो गरेर मत मागिरहेकी छिन् । युवालाई कृषि उद्यममा जोडेर स्वरोजगार बनाउने, शैक्षिक गुणस्तरमा वृद्धि गर्ने, सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा, सडकलाई मर्मतसंभार गरेर पिच गर्ने, सबैका घरमा खानेपानीका धारा, महिलालाई उद्यमी बनाउने लगायतका काम गर्ने उनले बताइन ।

नगरभित्रका शहर र गाउँका खेतबारीमा व्यावसायीक तरकारी खेती, गाइभैसी पालेर दूध उत्पादनमा वृद्धि गर्ने, बाख्रापालनबाट खसीबोका उत्पादन, कुखुरा, अण्डा मासु उत्पादनमा र अन्न उत्पादनमा वृद्धि ल्याई बेरोजगार युवालाई स्वरोजगार बनाउने आफ्नो लक्ष्य रहेको भण्डारीको भनाई छ ।

घरेलु उद्यमको विकास गर्ने योजना छ । सन्धिखर्क बजारलाई सफासुग्गर बनाउँदै सिंगो नगरलाई विकास र समृद्धिमा हराभरा बनाउने उनले बताइन । चार दलीय गठबन्धन भएकाले जितमा ढुक्क रहेकी भण्डारीले यस अघि कांग्रेस नेतृत्वमा भएका नगरपालिकाका कामलाई निरन्तरता दिएर पुरा गर्न र थप जनताको माग अनुसार काम गर्न आफु अघि सरेको बताइन ।

सन्धिखर्क नगरपालिका प्रमुखमा भण्डारी र उपप्रमुखमा माअाेवादीका जिल्ला संयाेजक राजेन्द्र भुसाल उम्मेदवार छन् ।

SHARE