२०७९ वैशाख २३ गते प्रकाशित नेकपा (एमाले) अर्घाखाँची जिल्ला सदस्य गिता भाट प्रभावशाली महिला नेतृ हुनुहुन्छ । उहाँसँग विकास गर्ने याेजना र विचार छ । २०८९ वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा क्षेत्रफलका हिसाबले देशकै ठुलाे शितगंगा नगरपालिकाकाे उपप्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । उहाँको उम्मेदवारीसँगै शितगंगा भित्र बेग्लै चर्चा छ । यसै विषयमा जननीखबरले गरेको संक्षिप्त्त कुराकानी । –नगरपालिकाको उपप्रमुख पदमा तपाईंले नै जित्नुपर्ने किन ? नगरपालिकाकाे प्रमुख वा उपप्रमुखमा एकजना महिला अनिवार्य हुनुपर्ने संबैधानिक ब्यवस्था छ । हाम्रो शितगंगा नगरपालिकाका प्रमुख र उपप्रमुख पदमा उठेको महिला उम्मेदवार अरु कोही हुनुहुन्न त्यसैले संवैधानिक ब्यवस्थाको कार्यान्वयन गरी महिला अधिकारको रक्षा तथा आमादिदीबहिनीहरुको सम्मान लागि र समृद्ध शितगंगा र सुखी नगरवासीको उत्कट चाहना पूरा गर्न नगरपालिकाको उपप्रमुख पदमा मलाई निर्वाचित गर्नुहुनेछ भन्नेमा म पूर्ण बिस्वस्त छु। तपाईंले जित्नुभयो भने कसरी काम गर्नुहुन्छ ?
लामो समय सामाजिक जागरणको अभियानमा लागेको मेरो अनुभवलाई शितगंगको समग्र विकास र समृद्धिमा लगाउने छु। हामीले जितेपछि हाम्रो नेतृत्वमा सामाजिक रुपान्तरणको अभियान अघि बढाउने छौ।
चुनाव जस्ले जितेपनि सबै मिलेर जाने हो । त्यतिबेला हामीले राजनीतिक आग्रह राख्ने छैनौं । पराजित भएका साथीहरूसङ्ग सङ्गै बसेर उहाँहरुका राम्रा कुराहरूलाई समेटेर साझा योजना निर्माण गर्ने नीति अबलम्बन गर्नेछौ । समृद्ध शितगंगा बनाउने त भन्नुभयो तर यसको आधार र विकासको प्राथमिकता के हो ?
शिक्षा, स्वास्थ्य, रोजगार,आयर्जन तथा शसक्तिकरण हाम्रो बिकासका पहिलो प्राथमिकता हुन ।
भौगोलिक हिसाबले शितगङा नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिकामा पर्दछ तर बिगतको नेतृत्वले बिकासलाई झाराटार्ने रुपमा मात्र लिएकाले साधन स्रोत भैकन पनि बिकासले गतिलिन सकेन । अहिलेसम्म शितगङ्गको बिकासको गुरुयोजना बनेकै छैन । कुनैपनी काम गर्नुभन्दा पहिला नीतिगत रुपमा स्पष्टता हुन जरुरी पर्द्छ । पूर्वाधार बिकास र सामाजिक बिकासलाई सङ्गै लैजानु पर्दछ । जस्तो कि खानेपानी, सरसफाइ सडक,ढलनिकास विद्युतको काम गर्दा सबै बिकास कार्यालय सङ्ग सङ्गै बसेर एकीकृत बिकास योजना बनाउन सकियो भने कम लागतमा योजना सम्पन्न गर्न सकिन्छ र त्यो दीगोपनी हुन्छ ।योजना तर्जमा गर्नुभन्दा पहिला संम्भाब्यता अध्ययन,अवस्था विश्लेषण गर्ने,उपलब्धिको आकलन गर्ने,जनताको चासो र संरक्षणको इच्छाशक्ति हेर्ने,गरेर योजना तर्जुमा गर्यो भने दीगो पना ल्याउन सकिन्छ। शितगंगाकाे वन, जंगल र खोकानालालाइ उचित ब्यवस्थापन गर्ने हो भने नगरमा करोडौं आम्दानी हुन आउछ त्यही आन्तरिक स्रोतबाट थुप्रै योजना अगाडि बढाउन सकिन्छ । परनिर्भर होइन आत्मनिर्भर भन्ने इच्छाशक्ति राख्नुपर्छ असम्भव केही छैन