अर्घाखाँची शक्तिपीठले तान्दै पर्यटक

60
c3f{vf“rLsf] dfnf/fgL dlGb/df bz{g ub}{ eQmhg . dgn] lrtfPsf] k'Ug] wfld{s ljZjf;n] zlQmkL7 wfpg] u5{g . h+unsf] aLrdf /x]sfn] k|fs[lts ;'Gb/tfn] el/k"0f{ dfnf/fgLdf 3'Dg b}lgs cfGtl/s ko{6s cfp“5g . tl:a/ M jL/]Gb| s];L÷sflGtk'/

अर्घाखाँची घुम्न निस्कने जो कोहीको पनि पहिलो गन्तव्य भनेको सुपादेउराली हो । यहा“बाट हिमशृंखला देखिदैन । वरिपरि चट्टानले बनेका अग्ला दुई पहाड । प्राकृतिक सुन्दरताले हराभरा पहाडको कोखैमा रहेको सुपादेउराली मन्दिरको आस्थाले सबैलाई तान्ने गर्छ । तरेली परेका पहाडमा हरियो जंगल । चिसो मौसम । चराचुरुंगीको चिरविर आवाज र प्राकृतिक अनेकौ अनुपम दृश्यले मोहित बनाउ“छ । हेदै मनमोहक देखिने मन्दिरमा भाकल र पूजापाठ गर्दा आनन्द आउने र दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक जनविश्वासले दैनिक सयौको संख्यामा भक्तजन आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले बताए । धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिएको यहा“ भारतबाट आउने दोब्बर छन ।
सुपादेउराली मन्दिरको इतिहास बेग्लै छ । खा“ची घर भएका एकजना व्यक्ति धन कमाउन भारत (लाहुर) जानुभन्दा अघि सुपामाइस“ग राम्रो जागिर पाइयोस, राम्रो होस र फर्केर आउ“दा भेटी चढाउनेछु भनी ढोग गरेर भाकल गरे । भारतमा उनले धन राम्रै कमाए । फर्केर घर आउ“दा भेटी नचढाई मन्दिरमाथिको जंगलको बोटो हु“दै भाग्न खोजे । जंगलको बीच बाटोमा सुपामाइले मन्दिरमाथिको पहाडको चट्टानमा ती भाग्ने लाहुरेलाई टा“सको किंवदन्ती छ । त्यसपछिको थप चर्चा अहिले पनि छ । लाहेरे टा“सेको ठाउ“ हेर्न भीड लाग्छ ।
यहा“ भाकल र पूजापाठ गर्दा मनमा आ“टेको काम पुरा हुने विश्वासले तीर्थालुको दिनहु भीड लाग्ने थापाले बताए । दैनिक एक दुई सयसम्म तीर्थालु आउ“छन । शनिवार झण्डै एक हजार हुन्छन । यहा“ विहे गरे दाम्पत्य जीवन खुसी हुने विश्वास छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डकै रहेकाले वारपार गर्दा गाडीचालक र यात्रुले दर्शन गरेर भेटी चढाउ“छन् ।
नया“ वर्षको दिन झण्डै दस हजारको संख्यामा रहेको डेढ लाख रुपैया“ भेटी संकलन भएको समितिका सचिव यादवराज घिमिरेले बताए । मन्दिरमा पाठापाठी र परेवा चढाइन्छ । पुजा गरेपछि नरपानीमा आएर प्रसाद ग्रहण गर्छन । नरपानी, खा“ची दरवार र ठाडादहमा धार्मिक पर्यटक घुम्ने गरेको उनले बताए । बाइसे चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिर २०४० सालदेखि पुजा गर्न थालिएको र ०६० सालमा बाबा नरनारायणले झण्डै डेढ करोडको लगानीमा काठमाडौ र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचिन निमार्ण सामाग्रीबाट ठूलो मन्दिर निर्माण भएपछि भक्तजनको भीड बढेको घिमिरेले बताए । टाढाबाट दर्शन गर्न आउनेलाई बस्ने र घुम्ने व्यवस्था छैन । धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न संरचना बनाउने योजना रहेको उनले बताए । यहा“ भारत, दाङ, कपिलवस्तु, रुपन्देही लगायत देशका विभिन्न ठाउ“बाट दर्शन गर्न आउनेको दिनहु भीड छ । सुपादेउराली मन्दिरस“गै अर्घादरवार भगवती मन्दिर, सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेशी, बल्कोट पौवा, पाणिनी तपोभूमि, छत्रेदेव र मालारानी मन्दिर लगायत अन्य धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक पर्यटक पुग्ने गर्छन ।
पाकिस्तानबाट आएर ऋषिमुनि पाणिनी पोखराथोक र पणेना गाविसको सीमानाको जंगलमा विश्वशान्तिको कामना गर्दै वर्षौसम्म तपस्या गरे । उनले तपस्यास“गै विश्वको प्राचिन संस्कृत भाषाको व्याकरणको उत्पत्ती र रचना समेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ । घनाघोर जंगलमा ३० वर्ष भन्दा बढी तपस्या गरे । व्याकरणको उदगम थलो प्रचारप्रसार अभावमा महत्वहीन जस्तै भएको छ । तपस्या गरेको स्थल, पुराना प्राचिन संरचना सहितको तपोभूमिमा छिटफुट आन्तरिक पर्यटक जाने गर्छन । संस्कृत व्याकरणको उद्गम स्थल तपोभूमि ४ सय वर्ष पहिले पाकिस्थानबाट आएका पाणिनी भन्ने व्यक्तिले विश्व शान्तिको कामना गर्दै तपस्या गरेको ठाउ“ भएकाले बुद्धको जस्तै यहा“ महत्व रहेको पोखराथोका अच्युत गौतमले बताए । ५० रोपनी क्षेत्रफलमा फैलिएको तपोभूमि स्थल वरपर रमाइले र सुन्दर छ । चुत्रावेशीमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा नेपालकै ठूलो स्फटिकको शिवलिङ हेर्न भक्तजन आउ“छन् । खा“ची र अर्घामा बाइसेचौबिसे राजाले राज्य सञ्चालन दरबारमा अहिले पनि उत्तिकै महत्व छन् । अर्घामा भगवतीको मन्दिरमा दर्शन गर्न आन्तरिक पर्यटक जाने गर्छन् । खा“चीमा दसैको त्रियादशी र अर्घा दरबारमा पूर्णिमाको दिन सराय जात्रा निकालिन्छ । सराय नाचको उत्पत्ती यहीबाटै भएकोले महत्व रहेको छ ।
शक्तिपीठकै कारण आन्तरिक र भारतीय पर्यटक भित्रिएकाले मन्दिर नजिकै रिर्सोट, होटल तथा अन्य कारोबार बढेको छ । धार्मिक स्थल सबैको आकर्षकको केन्द्र बन्दै गएका छन । दर्शन र घुम्न आउने पर्यटकलाई कम्तिमा एक रात बस्ने र भुल्ने वातावरण बनाउन सके पर्यटकीय स्थलको रुपमा विकास हुने र व्यावसायले आर्थिक कारोबारमा वृद्धि हुने उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । ‘धार्मिक पर्यटकीय स्थलले तीर्थालुको मन खिचेको छ,’ उनले भने, ‘कोही आस्थाले त केही मनोरञ्जनले घुमफिर बढदो छ । गर्मी छल्न तराई र सीमावर्ती भारतबाट अर्घाखा“ची विभिन्न ठाउ“मा घुम्न आउने वर्षेनी बढिरहेका छन ।’

SHARE