कमल छाडेर कुटोकोदालो तिर

50

युवा उमेर । धेरैको रोजाई विदेशतिर हुन्छ । तर, भारतमा राम्रो गैरसरकारी संस्थाको जागिर छाडेर मालारानी– ५ बाँगीका देवबहादुर खडकाले बिहारमा कुटोकोदालो तिर व्यस्त छन । स्नातक तह उतीर्ण, राम्रो अंग्रेजी बोल्न सक्ने उनी चार वर्ष अघि प्रोजेक्टमा जागिरे थिए । त्यहा“ उनले महिनाको ३० हजार रुपैया (भारु) तलव पाउथे । टाइकोट लगाउने र गाडी चलाएर हुइकिन्थे ।

त्यही कमाइले सदरमुकाम नजिकै विहारमा पाच रोपनी खेत किने । त्यसपछि जागिर छाडेर घर फिरे । खेतमा तरकारी खेती गर्ने सोच थियो । तर, कसरी गर्ने सीप थिएन । खेत चिदी थियो । बूढापाकालाई सोधे, कृषि कार्यालयमा गएर बुझे र खेती गर्ने तरिकाबारे कृषि सम्बन्धी किताब पढेर सिकें, उनले भने । पहिलो वर्ष फाइदा नै भएन । दोस्रो वर्ष सन्तोषजनक र यो वर्ष एउटा एउटै सिजनमा टनेलमा गोलभेडाबाट दुई लाख ५० हजार रुपैया आम्दानी भयो, उनले भने । यसैवर्ष उनले तरकारीबाट चार लाख रुपैया“ कमाई गरे ।

भारतमा छदा कमलले पैसा कमाइन्थ्यो, यहा हातमा कुटो कोदालो टुटदैन । ‘मेरो त राम्रो तवल, गाडी र अन्य सुविधा थियो तर, त्यहा नोकरी गर्न गएका अन्य नेपाली युवालाई भारतीय मालिकले गरेको व्यावहार मलाई मन परेन,’ उनले भने, ‘आफनै भूमिका केही गर्न सकिन्छ भनेरै म स्वदेश फर्केर कृषितिर लागेको हु।’

मिहिनेत गरेपछि आफनै गाउमा मनग्य पैसा कमाउन सकिन्छ । जर्सी गाई र अण्डा दिने कुखुरा पाल्न गोठ बनाउन व्यस्त छन । तरकारी, गाई र कुखुरा फर्मको विकास गर्छु । मिहिनेत नगरे केही हुदैन । आफनै ठाउमा परिश्रमको फल मिठो हुन्छ । भारतको जागिर भन्दा गोलभेडा बेचेर कमाएको पैसाले सन्तुष्ट मिलेको उनले बताए । लसुन, प्याज र तरकारी भारतबाट नेपाल आयात हुन्छ । हामीले यही उत्पादन गरेर आफनै गाउ“, सहरमा पु¥याउन सके मात्रै पुग्छ, उनले भने ।

गोलभेडा, काउली, साग, मुला, बन्दा, सीमि जति उत्पादन गरेपनि बिक्री नहोला भन्ने छैन । ‘युवाशक्तिलाई सरकारले उत्पादनमा लगाए मात्रै देस बन्छ,’ उनले भने, ‘रेमिटयान्सको आशमा दक्ष युवालाई बाहिर पठाएपछि गाउ“मा बुढँबुढी मात्रै छन । खेतबारी बा“झिदै गए । पशुपालन छैन ।’ सरकारले नीति बनाएर कृषि, पशुपालन, उद्योगधन्दा र उत्पादनमा खटाउनै पर्ने उनले दावी गरे । प्याज, लसुन, खुर्सानी, टमाटर, तरकारी उत्पादन गरेर आत्मनिर्भर बनाउन सके देसको अर्थतन्त्र बलियो हुने र नेपाली स्वरोजगार बन्ने उनको तर्क छ ।

‘भारतमा जागिर गर्दा कुर्चीमा बसेर टेवलमा लेखे पुग्थ्यो,’ उनले भने, ‘अहिले हातमा फोरा परेका छन । शरिर फोहोर छ । तरपनि माटोमा खेलेर आम्दानी राम्रो भएपछि मन शान्त छ ।’ थप पा“च रोपनी खेत भाडामा लिएको छु । त्यहा“ घा“स खेती गर्छु, आधुनिक तरिकाले कृषि गर्छु, उनले भने ।

धेरै नेताले गाइ, बाख्रापाल्न र खेती गर्न भाषणमा सर्वसाधारणलाई सुझाउछन । काम गर्दैनन । उनी नेकपाका जिल्ला नेता हुन । पाटीको काम र कृषिकर्म गर्छन । सरकारबाट मिल्ने कृषि अनुदान वास्तविक कृषकले पाउन नसकेको उनी बताउ“छन । ‘भ्रमण, अनुदान र सेवा कहिल्यै कुदोकोदालो नसमात्ने नेता कृषकले पाउछन,’ उनले भने, ‘वास्तविक कृषकले थाहै पाउ“दैनन । यसको लागि पनि संघर्ष गर्नुपर्ने भएको छ ।’ सदरमुकाम देखि अढाई किमी पश्चिम बिहारबाट तरकारी बोकेरै बजार आउछन । घर अगाडी सडक भएकाले केही व्यापारी घरमै किन्न आउ“छन । म अब विदेश कतै जा“दैन, कृषि फार्म विस्तार गर्छु, उनले भने ।

SHARE