ढिकुराका घिमिरेसँग चितुवाको डिएनए मिल्यो

232

डेढ महिना अघि अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ढिकुराका चार वर्षीय आर्यन घिमिरेलाई चितुवाले आक्रमण गरेपछि ज्यान गयो । त्यसपछि सुरक्षाकर्मी र गाउले मिलेर पियाले जंगलमा पासो थापे । सातादिन भित्रै पासोमा परेको चितुवा मृत अवस्थामा भेटियो ।

डिभिजन वन कार्यालयको टोलीले मरेको चितुवाको रगत, कपाल, दिसा, ¥याल र आक्रमणस्थलमा खसेको रगत परीक्षणका लागि आणुवांशिक गतिशिलन केन्द्र नेपाल काठमाडौमा पठायो । उक्त चितुवाको डिएनए घिमिरेस“ग मिल्छ कि मिल्दैन भनेर परीक्षण गर्नु परेको हो । सन्धिखर्क, कुर, खाचीकोट, किमडाडा, नुवाकोट र ढिकुरामा पा“च वर्षको अवधिमा दस वर्ष मुनिका १४ बालवालिका चितुवाको आक्रमणबाट ज्यान गुमाए । घाइते आठ जना उपचारपछि निको भए ।
केन्द्रका बायोइन्फरमेटिक्स इन्सेसियालिष्ट प्रज्वल मानन्धरले घिमिरेसग मरेको चितुवाको डिएनए मिलेको बताए । ‘प्रयोगशालामा पहिलो पटक यस्तो प्रकृतिको घटनामो डिएनए परीक्षण गरियो, रिपोर्ट मिल्यो, घिमिरेलाई आक्रमण गर्ने पासोमा परेर मरेको चितुवा नै रहेछ,’ उनले भने, ‘फिङगर, घाउबाट लिएको रगत र टोकेको ठाउ“को ¥याल सबै मिल्यो ।’ मानव–चितुवा द्धन्द्ध भैरहन्छ । अर्घाखाची जस्तै बैतडीमा केही वर्ष पहिले थियो । तनहुमा पनि केही महिना चितुवाले आक्रमणबाट दुई बच्चाको ज्यान गुमाए ।

अर्घाखाचीमा दुःख घटना ५ वर्ष देखि भै राखेको छ । काठमाडौका शहरमा चितुवा पस्छ, मानवलाई आक्रमण गरेको छैन, निदाएको कुकुर झम्टेर लगेका घटना धेरै छन, उनले भने । आफुले सजिलोसित समात्न सक्ने साना बालवालिका, पशु र सुतेका कुकुरलाई सिकार गर्छ । जंगलमा मृग, बदेल लगायत पंक्षी अभाव भएर मानव बस्तीमा चितुवा छिरेको हुन सक्ने उनले बताए । भरसक जस्ले प्रतिकार गर्न सक्दैन त्यसैले आक्रमण गर्ने उनले बताए ।
चितुवाको १५ देखि २० वर्ष आयु हुन्छ । जन्मेको डेढ वर्षसम्म आमासित बस्छ । त्यसपछि आमाले सिकार खेल्न सिकाउने र ल्याएर खुवाउने मानन्धरले बताए । सिकार गर्न सिकोस भनेर जंगलमा एक्लै छाडने र दुई÷तीन वर्षभित्र सिकार खेल्न सक्छ, उनले भने । सिकार खेल्न पोख्त चितुवाले आफुभन्दा तीन गुणा तौल भएकोलाई झम्टिएर नियन्त्रणमा लिन सक्छ । विश्वभर ३० देखि ५० प्रजातिका मुसा, मावन देखि जरायोसम्म सिकार खेल्ने उनले बताए । मानवजतिलाई आक्रमण गर्नुको कारण जंगलमा आहारको कमी भएर हो । तर, किन मानवलाई आक्रमण गरेको भन्नेबारे अनुसन्धान गरेपछि पत्ता लगाउन सकिने उनले बताए ।

मानव जोगाउन चितुवालाई नियन्त्रण गर्नुपर्छ तर, इको सिक्टमलाई पनि ख्याल गर्नुपर्ने हुन्छ, उनले भने । डिएनए परीक्षण गरिएको मृतक पोथी चितुवा ३५ केजी तौल, २४ सेन्टी मिटर लम्बाई, ६० सेन्टी मिटर उचाई र कम्मरको गोलाई ५४ सेन्टी मिटर रहेको थियो ।

दुई वर्ष अघि किमडाडामा पनि एउटा चितुवा खोरमा परेर मरेको थियो । त्यसपछि नरभक्षी चितुवा खोरमा परेको आशंकामा स्थानीय ढुक्क थिए । पुनः त्यती क्षेत्रको अर्काे गाउमा आक्रमण गरेपछि त्रसित बने । फुदवाङमा एउटा मृत भेटिएको थियो । घिमिरेलाई आक्रमण गरेपछि डिएनए परीक्षण गरिएको हो ।

घटनापछि सुरक्षा निकायका प्रमुख, दलका नेता, जनप्रतिनिधि र सरोकारवाला सान्तना दिन आमावावुलाई भेटन घरमा जाने र साता दिनसम्म नजिकै जंगलमा खोज्ने गर्थे । चितुवा नभेटिएपछि सबै फर्किन्थे । ढिकुरा लगायतका क्षेत्रका गाउ“लेले जंगलमा चितुवा दिउसै हिडेको देख्छन् । सा“झको बेला साना बालवालिकालाई एक्लै घरमा छाड्दैनौं, चितुवाले लगिदिन्छ कि भन्ने त्रास छ, ढिकुराकी विमला घिमिरेले भनिन । घास काट्न खरबारीमा जादा एक्लै नहिडने, स्कुलमा नानीबावु पु¥याउन र लिन जाने गरेको उनले बताइन । एउटा चितुवा पासोमा परेपनि डर छ, सर्तक भएरै बसेको उनले बताइन ।

अर्घाखाँची वन डिभिजन प्रमुख अजयविक्रम मानन्धरले डिएनए मिलेपछि प्रभावित क्षेत्रका सर्वसाधारणमा केही राहत मिलेको बताए । ‘डिएनए मिलेपछि सचेतनाका कार्यक्रम सञ्चालन, चितुवाबाट जोगिने उपायबारे सिकाउ“छौं,’ उनले भने, ‘जंगलमा अरु चितुवा पनि हुनसक्छन । अब यस्ता घटना नघटुन भनेर हाम्रो निगरानी जारी छ ।’

जंगलमा आहारा कमी भएर बस्तीमा चितुवा छिरेको हो । गाउबाट सुविधा खोज्दै सहरमा बसाइसराई, खरबारीमा झाडी, घर अगाडीका बारी सफा छैनन, अब सबैलाई आव्हान गरेर झाडी सफा गर्न शुरु गर्ने उनले बताए । पशुपालन कमी भएकाले वनमा साना रुख र लहरे काडाले जेलिएको छ । त्यही चितुवा लुक्न सजिलो हुन्छ । अब जिल्लास्थित सरोकारवाला, सुरक्षा निकाय प्रमुख, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता, प्रभावित क्षेत्रका सर्वसाधारणस“ग छलफल र सल्लाह गरेर कार्यक्रम तय गर्छौ, उनले भने ।

SHARE