मालारानी–२ का वडाध्यक्ष बेपत्ता

159
c3f{vf“rL dfnf/fgL ufp“kflnsf–@ sf j8fWoIf lji0f'k|;fb e';fn -ljgf]b_ . pgL !# lbgb]lv a]kQf 5g . tl:a/ M jL/]Gb|

अर्घाखाँची मालारानी गाउँपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) बेपत्ता भएका छन । पुस २ गते घरबाट खाना खाएपछि घरपरिवारलाई लु १ ब १७४५ नम्बरको मोटरसाइकल मर्मत गर्न भनि सन्धिखर्क हिडेका थिए । बाइक एक ग्यारेज पसलमा छाडेर शान्ति बगैचाबाट बस चढेर गोरुसिंगे पुगेका थिए । उनी त्यही ओर्लेपछि कता गए अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । लु १ ख ७१६० नम्बरको बस चालक सन्तोष भुसालले गाडी दाङ जाने नम्बर भएपनि यात्रु थोरै भएकाले सबैलाई गोरुसिंगे ओरालेको बताए ।

वडाध्यक्ष विनोद सिटमा बसेर गोरुसिंगेसम्म पुगेका थिए । त्यसपछि कता गए मैले देखिन, उनले भने । उनले आफनो मोबाइल बसमै छाडेका थिए । गोरुसिंगेबाट महेन्द्र राजमार्ग पुगेको केही समयपछि मोवाइलमा घन्टी बज्यो । मैले सहचालकलाई उठाउन भने, उहाँको श्रीमतीले फोन गर्नुभएको रहेछ, त्यो मोवाइल घरमै पु¥याइदिएएको उनले बताए ।
त्यसपछि उनलाई कसैले पनि कतै गएको पत्ता लगाउन सकेनन् ।

‘कतै केही कामले गए होलान, आउलान भनेको त १३ दिनसम्म अत्तोपत्तो नै छैन,’ उनका दाजु जीवलालले भने, ‘जताततै नातेदार, इष्टमित्र, साथीभाई कहा खोज्दा पनि भेट्टाउन सकिएन ।’ उनका अनुसार घरमा श्रीमती र अन्य परिवारसँग  कुनै झै–झगडा भनाभन केही कहिल्यै भएन । सधै सुमधुर सम्बन्ध थियो । वडाध्यक्षमा निर्वाचित भएपछि उनी धेरै समय वडाको काममा व्यस्त हुन्थे ।
डा“डाकटेरी घर भएका भुसाल तत्कालिन एमालेबाट वडाध्यक्ष्ँमा निर्वाचित भएका थिए । सन्धिखर्कबाट गोरुसिंगेसम्मको तीन घण्टाको यात्रा गर्दा पालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र श्रीमतीले फोन गर्दा समेत उठाएका थिएनन् ।

परिवारिक स्रोतका अनुसार कसैसित पनि आर्थिक कारोबार, लेनदेन केही थिएन । उनी साथीभाइका लागि सहयोगी छन । भुसाल हराएकाले खोजीदिन परिवारले प्रहरीकहा“ निवेदन दिएको छ । जताततै खोजीकार्य गर्दा कतै फेला पर्न नसकेकाले मालारानी गाउँपालिकाले सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर खोजीदिन सबैलाई अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासीनिले खोजीकार्यमा सबैले सहयोग गरिदिन आग्रह गरे ।

SHARE