मालारानीका विवेकलाई तरुण दलको आर्थिक सहयोग

185

जिब्रोमा समस्या देखा परेपछि काठमाडौमा उपचार गराइरहेका अर्घाखाँची मालारानी गाउपालिका–३ खनदहका ४ वर्षीय विवेक अर्याललाई नेपाल तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिले उपचार खर्चको लागि आर्थिक जुटाउन अभियान शुरु गरेको छ ।

 

जिब्रो सुन्निएपछि केही खान समेत अप्ठेरो परेको छ । आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न खर्च अभाव भएको छ । दलका अध्यक्ष अर्जुन पोखरेलले विवेकका वावु वावुरामलाई टिचिङ अस्पतालमा पुगेर विभिन्न व्यक्तिबाट संकलित ५४ हजार ८० रुपैया रकम हस्तान्तरण गरे ।

     

सहयोग गर्नेमा तरुण दलका नेता कार्यकर्ता र विभिन्न पेशा तथा व्यावसायी गर्ने छन । पोखरेलको अगुवाइमा सहयोग उठनेक्रम जारी छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा लाग्ने खर्च सहयोग गर्ने अपिल गर्दै सक्दो सहयोग गर्ने पोखरेलको भनाई छ ।

 

 

SHARE