अर्घाखाँचीमा कांग्रेस नेता रामचन्द्र पौडेल र गगन थापा

465

अर्घाखाँची- नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली युवा नेता केन्द्रीय सदस्य गगन थापा अर्घाखाँचीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार जिल्ला आउने कार्यक्रम छ ।
शीतगंगा नगरपालिका–३ ठाडामा सञ्चालित धार्मिक एवं शैक्षिक महायज्ञलाई सम्बोधन गर्ने गर्ने त्यसपछि दिउसो नरपानीको विपी स्मृती भवन शिलन्यास गर्ने र साढे चार बजेतिर सन्धिखर्क स्थित साथी होटलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

 

साथमा केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, पुष्पा भुसाल लगायत केन्द्रिय नेता कार्यक्रममा सहभागी हुनेछ । २९ गते विहान नेपाल महिला संघ र कार्यकर्तालाई पाटी कार्यालयमा भेटघाट गर्ने र दिउसो छत्रदेव  गाउँपालिकामा रहेको राशिप (स्व.राममणी ज्ञवाली, शिवलाल पोखरेल र पदमलोचन श्रेष्ठ । उनीहरुलाई द्धन्द्धमा तत्कालिन माओवादीले हत्या गरेका थिए ) स्मृती प्रतिष्ठानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले बताउनुभयो । कार्यक्रमलाई विशाल बनाउन नेता, कार्यकर्ता परिचालन भएको कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारीले बताउनुभयो । दसौं हजारको संख्यामा कांग्रेस कार्यकर्ता र सर्वसाधारण सहभागी गराउने तयारी रहेको कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताए ।

अर्घाखाँचीमा कांग्रेस नेता रामचन्द्र पौडेल र गगन थापाबाट काठमाडौ, बुटवल लगायत विभिन्न पेशा, व्यावसायी, अध्ययन, अध्यापन गर्ने कांग्रेस नेता कार्यकर्ता सोमबार देखि जिल्ला आउदैछन । कार्यक्रमको लागि कांग्रेस नेता रेवती प्रसाद भुसाल, डा. रामबहादुर बिसी, डा. मुक्ति श्रेष्ठ, डा. जयबहादुर टण्डन, प्रदेश सांसद निर्मला क्षेत्री, तरुण नेता ठाकुर पंथी, महिला संघकी केन्द्रीय सदस्य एवं स्वर्गीय नेता राममणी ज्ञवालीकी पुत्री अनिता ज्ञवाली लगायतका ठुलो संख्यामा कांग्रेस कार्यकर्ता जिल्लामा भित्रिनेक्रम बढदो छ ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन तरुण युवा सक्रिय भएर काम गरिरहेको नेपाल तरुण दल अर्घाखाची–काठमाडौ सम्पर्क समितिका अध्यक्ष अर्जुन पोखरेलले बताउनुभयो ।

SHARE