बन्द खुलेपछि सन्धिखर्कमा चहलपहल

16

अर्घाखाँची – विप्लव नेकपाले गरेको नेपाल बन्दको प्रत्यक्ष असर अर्घाखाचीमा पनि प¥र्याे । जिल्ला पुर्ण रुपमा ठप्प रहयो । बेलुका ५ बजेपछि खुलेपछि अर्घाखाचीको जनजीवन सामान्य बन्दै गएको छ । पुर्ण रुपमा बन्द भएका सन्धिखर्क बजारका पसल खुलेका छन । दिनभर गाडी नचलेपछि बेलुका ठप्प यातायात सुचारु भएपछि गन्तव्यमा पुग्न यात्रुहरु शान्ति बगैचा बसपार्क र जिपपार्कमा आउनेक्रम बढदो छ ।
दिनभर जिल्लाभरको जनजीवन प्रभावित बनेको थियो । प्रमुख जिल्ला अधिकारी प्रमलाल छामिछानेले जिल्लामा कुनैपनि अप्रिय घटना नभएको र कतै बम र शंकास्पद वस्तु फेला नपरेको बताउनुभयो । दिनभर घरमा बसेका बजारवासी, विभिन्न पेशा व्यावसायीहरु चोकमा भेला भएर अब देशमा के हुन्छ, द्धन्द्ध होलाकी भन्दै गफ गरेका छन । धेरैले द्धन्द्ध हुने हो कि भनेर चिन्ता व्यक्त गरेका छन ।

SHARE