शीतगंगाका मेयर सुर्यप्रसाद अधिकारीको तलब शिक्षा, स्वास्थ्य र पर्यटनमा

85

सचिन बोहोरा
अर्घाखाँची — क्षेत्रफलका हिसाबले देशकै ठुलो शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले आफनो तलब शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटन क्षेत्रमा खर्च गरेका छन ।

 

प्रदेश सरकारले नगर प्रमुखको मासिक तलब ३५ हजार तोकेपछि धेरैले सुविधा लिएका छन । अघिल्लो वर्षको तलबको रकमले धार्मिक पर्यटक भित्राउन चर्चित सुपादेउराली, वडा–५ को विन्दबासिनी, अमरेश्वर लगायतका मन्दिरको मर्मत गर्न खर्च गरेको उनले बताए । मासिक ३५ हजारका दरले उनको वार्षिक तलब ४ लाख २० हजार हुन्छ । ‘मन्दिरको मर्मत र आवश्यक सामाग्रीको लागि मेरो परिश्रमिक भन्दा झण्डै दोब्बर नै खर्च भएको छ,’ उनले भने, ‘तराइस“ग सीमा जोडिएको नगर भएकाले यहा“ घुम्न आउने धेरै पर्यटक मन्दिरमा दर्शन गर्छन । पर्यटक भित्राउन मेरो तलब मन्दिरमा खर्च गरेको हु“ ।’ धेरै पर्यटक भित्रिए भने नगरवासीको घरमा बस्छन, उनीहरुले उत्पादन गरेको वस्तु किन्छन अनि सर्वसाधारणलाई आम्दानी हुन्छ । ‘पर्यटक भित्राएर सम्बृद्ध नगर बनाउनुपर्छ, नगरवासीले पर्यटकबाट लाभ लिउन भन्ने मेरो योजना छ,’ उनले भने, ‘पर्यटकले साग, फर्सी, कुखुरो किनिदिएपनि पैसा त भित्रियो नि ।’

अबबाट तलबको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने उनले बताए । भौगोलिक हिसाबले जटिल भएकाले समयमै विरामीले उपचार गर्न पाएका छैनन् । स्कुल टाढा छन । ‘मैले कार्यविधि बनाएरै अब शिक्षा र स्वास्थ्यमा खर्च गर्छु,’ उनले भने, ‘जो पैसा नभएरै बेडमै छटपटीएको छ । अस्पतालसम्म जाने र उपचार गर्ने खर्च छैन, उसको लागि खर्च गर्छु । अस्पताल ल्याउ“छु, उपचार गराएर घर पठाउछु ।’ जनताले आफुलाई मत दिएर काम गर्ने अवसर दिएकाले आफनो तलब गरिबको लागि खर्च गर्ने उनले बताए ।

दुर्गम बस्तीमा शिक्षा स्वास्थ्यको पहुच अझै छैन । नगरले सहज बनाउन लागि परेको छ । गरिब तथा जेहेन्दार भन्ने बित्तिकै दलित मात्रै छैनन् । ‘पढाइ राम्रो, पढने इच्छा छ तर, पैसा नभएर अवसर नपाएका विद्यार्थीको लागि स्कुलतह र उच्चशिक्षा पढाउ“छु,’ उनले भने, ‘कापी, किताब, ड्रेस, शुल्क सबै तिरिदिन्छु ।’ पढनमा प्रथम नभएपनि गरिबीकै कारण स्कुल जानबाट वञ्चित भएका विद्यार्थीलाई खर्च उपलब्ध गराइदिने बताए ।
नगर प्रमुखमा निर्वाचित हुनुअघि नै चार जना गरिब विद्यार्थीलाई उनले पढाएका छन् । ठाडास्थित ज्योती माविमा एक, ज्योती भुवनेश्वर बहुमुखी क्याम्पसमा एक जना र काठमाडौका क्याम्पस पढने दुई जना विद्यार्थीलाई मासिक शुल्क, किताब, कापी, पोशाक, पढने खर्च दिएको उनले बताए । ठाडाअमराइमा उनले लामो समयदेखि कपडा, फेन्सी, कष्मेटिकको व्यावसायी गर्दै आएका छन ।

नगरपालिका भन्ने बित्तिकै धेरैको शहर र सुविधासम्पन्न भन्ने बुझाई छ । तर, शीतगंगा नगरभित्रका सबै भुगोका बस्तीमा छरिएर रहेका घर, बस्ती पातलो, झाडी जंगल अप्ठेरो पहाड र एक गाउबाट अर्काे गाउ“मा पुग्न घण्टौ समय लाग्छ । वडा ९, १०, ११, १२, १३ र १४ वडाको भुगोल निकै जटिल छ । दिनभरमा एउटा वडा घुमेर भ्याइदैन । त्यहा पढने विद्यार्थी स्कुल टाढा भएकाले नियमित विद्यालय जान सक्दैनन् । गरिब बस्तीका बालवालिका खर्च अभावमा पढनबाट वञ्चित छन । त्यस्ता बालवालिकालाई पढाउछु, उनले भने । गरिबीका कारण पढन नसकेका बालवालिकालाई मैले पढाए“ भने भविष्मा देशको उच्च तहमा पुगेर देश र जनताको सेवा गर्र्ने ठाउमा पुगुन भन्ने आफनो उद्देश्य रहेको उनले सुनाए । जिल्लाको दक्षिणी क्षेत्रमा अधिकारी विकासप्रेमीको रुपमा परिचित छन ।

SHARE