अर्घाखाँचीमा जिप दुर्घटनामा तीनको मृत्यु

284

चैत्र २५, २०७५

अर्घाखाँची– सदरमुकाम सन्धिखर्क स्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउतफ जादै गरेको यात्रु बाहक जिप अर्घाखा“चीको लात्तेबाझमा दुर्घटना हुदा घटनास्थलमै तीन जनाको निधन भएको छ ।

लु १ ज १२२९ नम्बरको जिप दिउ“सो २ बजोतिर भूमिकास्थान नगरपालिका–८ नुवाकोटको लात्तेबा“झ उकालोमा उक्लदै गर्दा ब्रेक फेल भएर सडकबाट तल खस्दा प्युठान ऐरावती गाउपालिका–२ बस्ने वर्ष ५० का धनबहादुर राना र ऐरावती बस्ने वर्ष १४ का मनिका आचार्यको घटनास्थलमै ज्यान गएको र अन्दाजी ६ वर्षीय बालकको सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी निरीक्षक गंभिरजंग थापाले बताए । बालककोे परिचय खुलेको छैन ।

१४ सिट सवार जिपमा १८ जना यात्रु थिए । जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सन्धिखर्कमै उपचार भैरहेको छ ।

SHARE